हिपमत डटकम

आइतबार, साउन १७, २०७८ || 550  पटक पढिएको

क्यानडामा बसेर पनि नेपाली गीत संगीतमा निरन्तर सक्रिय गीतकार प्रमिला बस्नेतको शब्द रचना रहेको मौलिक लोक दोहोरी “रोधी बस्दा पर्योनी रातै “गीतको सार्वजनिक भएको छ । गीतमा कल्पना दाहाल र कमल बिसी माल्दाइको स्वरमा रहेको गीत सार्वजनिक भएको हो ।

गैर आवासीय नेपाली संघ एन आर एन को मानार्थ सदस्य एवम अन्तराष्ट्रिय समन्वय परिषदकी सदस्य गीतकार प्रमिलाको भंगेरी चरी , सेवा गरौ ,बनकी चरी , यो जिन्दगीको , फर्की आउ मेरो हजुर । प्रेम गरौ , देश निमार्णको संकल्प , घरि घरी लगायतका गीत बजारमा चर्चामा रहेका छन । मौलिक लोक सस्कृतिलाई आम दर्शक तथा स्रोता माझमा प्रवासमा रहेर पनी पस्किन पाउदा आफुलाई निकै खुशी लागेको गीतकार प्रमिलाले बताइन ।

 


कमल बिसी माल्दाईकै संगीत रहेको यस गीतमा एक जोडीले रोधीमा गीत गाउदा गाउदै बिहे गर्ने निधो गरेको कथा समेटिएको छ । प्रेमील प्रेमी प्रेमीका बिचको प्रेम प्रसङगलाई गीतमा समावेश गरिएको छ । गीतमा सुनिल परियारको एरेन्ज र कुमार रानाको मिक्सीङ रहेको छ ।

बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा सरोज प्याकुरेलको निर्देशन देबेन्द्र कुँवरको कोरियोग्राफी गीतको भिडियोमा रहेको छ । “रोधी बस्दा पर्योनी रातै “गीतको भिडियोमा प्रदिप रोक्का र रितु तामाङको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!