क्रियाशिलको महत्व घट्ने चिन्ता

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

शुक्रबार, साउन १५, २०७८ || 600  पटक पढिएको

कांग्रेसमा क्रियाशिल भनेको के हो ? क्रियाशिल भनेको पार्टीमा सक्रिय हुनु, अनुशासित भएर पार्टी निर्णयलार्य सिरोधार्य गरेर हिड्ने कार्यकर्ता । नेतृत्व चयनको प्रमुख बाहक बनेर उँभिने कार्यकर्ता । तर, अब यसको महत्व कम भयो कि भन्ने लाग्छ । थोरै होइन धेरै नै कम भएको महसुस भएको छ ।

पार्टीको आधिकारी उम्मेदवारविरुद्ध अन्तर्घात गर्ने, असहयोग गरेर हिड्ने, विजय भएपछि फूलमाला लगाउन जान, हारे खुच्चिङभन्ने ढोंगीहरूले क्रियाशिल सदस्यता पाएका छन् । कक्षा–११ मा पढ्दै गरेको विद्यार्थी, अन्य पार्टीबाट आएका व्यक्तिले क्रियाशिल पाउँदा पार्टी नै भनेर हिड्नेको त अपमान महसुस भएको देखिन्छ नै ।

अघिल्लो महाधिवेशनमा क्रियाशिल सदस्यको महत्व धेरै थियो । त्यो भन्दा अघिको अधिवेशनमा त झनै थियो । विस्तारै महत्व खस्कदै गएको छ । अब त हरेक क्रियाशिल कुनै न कुनै उम्मेदवार । सजिलो छ मोबाइलमार्फत् आतंक फैलाउन । उम्मेदवारी घोषणा गर्न पनि सजिलो छ ।

एउटा सुझाव दिन मन लाग्यो–यसपटकसम्म क्रियाशिल पाएका सबैलाई पार्टीले भेला गरोस् आआफ्नो वडामा अनि प्रशिक्षण देओस् । कांग्रेस भनेको के हो ? चारतारे झण्डाको महत्व के हो ? कांग्रेसको सिद्धान्त के हो ? अनुशासन कसोरी कायम गर्ने ? आफैलाई अनुशासित कसोरी बनाउने ? लगायतका विषयमा स्कुलिङ गर्नुपर्ने अवस्था देखिसकेको छ । अन्यथा अहिलेको भीड भोलि गएर सांगठानिक रूपमा समस्या बन्न सक्छ भन्ने कुरा बुझौ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!