हिपमत डटकम

शुक्रबार, साउन १५, २०७८ || 845  पटक पढिएको

नेपाली कांग्रेस मोरङको उपसभापतिमा मोदराज घिमिरेले उम्मेदवार दिने भएका छन् । घिमिरे सबैको सहमतिका आधारमा उपसभापतिमा विजय हुने आशा गरिएको छ ।

पार्टीभित्र विभिन्न गुट र समूह भए पनि घिमिरेलाई सबैले मन पराउँछन् । पार्टीभित्र सबैलाई मिलाएर हिड्न खोज्ने घिमिरे अहिले सचिव छन् । रंगेली नगरपालिकाको मेयरमा झिनो मतले पराजित भएका घिमिरेले पछिल्लो समय कांग्रेसभित्र देखिएको क्रियाशिल सदस्यता वितरणको विवाद मिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

यसपटक विधानतः दुई उपसभापति, दुई सचिवको निर्वाचन हुने छ । सभापति, कोषाध्यक्षसहित सबै पदाधिकारी निर्वाचनबाट आउने छन् । उपसभापतिका आकांक्षी घिमिरे हरेक कार्यकर्तालाई नामैले चिन्ने नेतामा पर्छन् । उनको जनसम्पर्क बाक्लो छ ।

घिमिरेले पार्टीभित्र सशक्त संगठन र अनुशासनको कुरालाई आफ्नो एजेण्डा बनाएका छन् । ‘हो, मैले आउँदो अधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छु र, आम कार्यकर्ताबाट सकारात्मक सहयोगको प्रतिवद्धता पनि पाएको छु’ घिमिरेले न्यू सृष्टि दैनिकलाई भने । यसपटकको गुटगत, समूहगत निर्वाचन हुने भए पनि घिमिरे अपवाद बन्ने ठानिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!