मंगलबार, माघ २८, २०७६ || 1015  पटक पढिएको

पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको सोमबार विहान सानेपास्थित घरमै भएको हत्याको कारणबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले प्रारम्भिक अनुसन्धानबाट कामदार विजय चौधरीले हत्या गरेको खुलाइसकेको छ ।

घरको सीसीटीभी फुटेजले समेत चौधरी हत्यामा संलग्न भएको र हत्यापछि आफूले पनि आत्महत्या गरेको देखिएको छ । तर, हत्याको कारणबारे भने अझै खुलेको छैन । ललितपुर प्रहरी स्रोतका अनुसार पोष्टमार्टम रिपोर्ट आउन दुई दिन लाग्ने र त्यसले कारणबारे खुल्ने जनाएको छ । प्रहरीका एकजना अधिकृतले भने, ‘घटना घरकै कामदार चौधरीले घटाएको खुलिसकेको छ तर कारणबारे यकिन भइसकेको छैन ।’

प्रारम्भिक अनुसन्धानबाट चौधरीले मुना कार्कीमाथि कुटपिट गरेर घाँटी डोरीले कसेर हत्या गरेको देखिएको छ । उनको टाउकोमा पिर्काले पटक पटक प्रहार भएको छ । तर, हत्या के कारणले गरे भन्ने अझै यकिन भइसकेको छैन ।

महिलाको हत्या हुनुले संवेदनशील विषयबारे केही मिडियामा उल्लेख भएपनि प्रहरीले त्यस्तो नदेखिएको बताएको छ । एक प्रहरीले रिपोर्टर्स नेपालसँग भने, ‘प्रारम्भिक अनुसन्धानबाट त्यस्तो केही देखिए्रको छैन, मात्र कुटपिट र घाँटी अठ्याइएको भेटिएको छ ।’ पोष्टमार्टम रिपोर्टपछि प्रहरीले घटनाको कारणबारे खुलाउने ती अधिकारीले बताए । अब पोष्टमार्टम रिपोर्टले घटनाअघि के भएको थियो भन्ने देखाउनसक्छ ।

दुई छोरी र एक छोराकी आमा मुना कार्कीको सोमबार घरकै कामदार विजय चौधरीले हत्या गरेपछि पशुपतिनाथको दर्शन गरी फर्किएका पति अर्जुन कार्कीले देखेपछि छिमेकलाई खबर गरेका थिए । छिमेकले प्रहरी बोलाएपछि घटनाको अनुसन्धान अगाडि बढेको थियो ।

२२ वर्षीय घरेलु कामदार विजय चौधरी ११ वर्षदेखि अर्जुन कार्कीको घरमै बस्दै आएका थिए । उनी घरमै काम गर्ने र पछिल्लो समय सवारी चालकको तालिममा जान्थे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!