हिपमत डटकम

शुक्रबार, साउन १५, २०७८ || 496  पटक पढिएको

घरमा सुख, शान्ति छाओस् भनेर हामी घरमा भगवानको पुजाअराधना गर्छौं । शान्ति शक्ति र मुक्तिका लागि हामी विभिन्न शक्ति पीठहरुमा धाउने र भगवानको दर्शन गर्ने गर्छौँ र आशिर्वाद पनि लिन्छौँ भगवानको कृपाले हाम्रो मनोकांक्षा पुर्ण हुने विश्वास राख्छौं त्यसैले हामीले घरमा पनि विहान बेलुकी पुजा आरधाना गर्छौं ।

हरेक पुजाको सुरुवात गणेश भगवानबाट वा कुल देवताबाट गरिन्छ हामीले घरमा पुजाआरती गर्दा त्रुटी भयो भने फल प्रप्त हुँदैन कुनै-कुनै देवी देवताको फोटो र मूर्तिहरु पनि घरमा राख्नु अशुभ मानिन्छ लोकपथ डटकमले एजेन्सीको सहयोगमा कुन-कुन देवी देवताको मूर्ति घरमा राख्दा अशुभ हुन्छ भन्नेबारे केही जानकारी तयार पारेको छ ।

१. नटराज भगवान शिवाजीको नृत्यकला प्रस्तुत गरिएको रुप हो । शिवजीले ताण्डप प्रस्तुत गरिरहेको मूर्ति वा तस्वीर भुलेर पनि पुजा कोठामा वा घरमा राख्नु हुँदैन । यसले घरमा विभिन्न किसिमका संकटहरु निम्त्याउँछ ।

२.काली : हिन्दु देवी पार्वतीको भयड.कर रुप हो काली क्रोध अवस्थाको महाकालीको मूर्तिले घरमा नकारात्मक शक्ति प्रवाह गर्छ । परिणाम स्वरुपमा घरमा कलह, दुःख, कष्ट र पारिवारीक संकट आउँछ । त्यसैले महाकाली शक्ति वा फोटो घरमा राख्नु हुँदैन ।

३.मुङ माला लगाएको महाकालीको फोटो घरमा राख्नुभयो भने तपाईको बच्चाको दिमागमा नकारात्मक उर्जा प्रवेश गर्छ । उनिहरुमा नकारात्मक सोच भरिन सक्छ । त्यसैले कहिल्यै पनि खप्परको माला लगाएको मुर्ति पनि घरमा नरनख्नुहोस् ।

४.वास्तुशास्त्र अनुसार घरमा शिवलिंग स्थापना गर्नु हुँदैन ।५.शनिदेवको मुर्ति फोटो पनि घरमा राख्नु हुँदैन । शनिदेवलाई एकान्त प्रेमी उदास र बैरागीको देवता मानिन्छ ।६.राहु र केतु ग्रह शान्तिका लागि ज्यातिषशास्त्र अनुसार ज्योतिषहरुले राहु र केतुलाई पुजा गर्न सल्लाह दिन्छन् तर राहु केतुको मुर्ति, फोटो घरमा राख्नु हुँदैन।

७.भैरव भगवान शिवको रिसाह रुप हो । त्यसैले भैरवको मुर्ति तथा फोटो भुलेर पनि घरमा नराख्नुहोस् ।८. कतिपय मानिसहरु आफ्नो दिवगंत पितृ अथवा माता पिताका फोटोहरु घरको मन्दिरमा राखेर पुजा गर्ने गर्दछन् । माता पितालाई सम्मान गर्नु राम्रो हो । तर यसरी मन्दिरमा राखेर पुजा गर्नु अशुभ मानिन्छ । किनकि देवता र पितृ एक ठाउँमा बस्ने चिज होइनन् ।

९.गणेश, लक्ष्मी र सरस्वतीको उभिएको मुर्ति वा तस्बीर घरको मुर्तिमा राख्नु हुँदैन ।१०.पुजा कोठामा एकै देवताका दुई मूर्ति पनि राख्नु हुँदैन। यसो गरे परिवार र आफन्तसँग मनमुटाव हुन जान्छ ।११.पुजा कोठामा हनुमानको फोटो पनि राख्नु हुँदैन । घरमा अशान्ति र भाँडभैलो मच्चिन सक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!