हिपमत डटकम

बिहिबार, साउन १४, २०७८ || 840  पटक पढिएको

प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी प्यासीलाई पदमुक्त गर्ने तयारी सरकारले गरेको छ । पहिलो चरणमा दुई प्रमुखलाई पदमुक्त गरेको सरकारले दलिय सहमतिका आधारमा सत्तारूढ पक्षबाटै नियुक्त गर्नेबारे प्रक्रिया अघि बढाइएको छ ।

एमाले कास्कीका नेता प्यासीलाई केपी ओली सरकारले नियुक्त गरेको थियो । प्यासी कास्कीबाट प्रतिनिधिसभामा निर्वाचित समेत भएका राजनीतिक व्यक्ति हुन । उनलाई कांग्रेसबाट नियुक्त गोविन्द तुम्वाहाङलाई पद्स्थापन गरेर ल्याइएको थियो । बालुवाटार सूत्रका अनुसार प्यासीले सरकार परिवर्तन भएकाले आफै राजिनामा दिन सक्ने भन्दै केही दिन पर्खने निर्णय भएको छ । प्रदेश नं. १ मा कांग्रेसले आफ्नो कोटामा प्रदेश प्रमुख नियुक्त गर्नेछ ।

सरकारले गण्डकी र लुम्बिनीबाट प्रदेश प्रमुखलाई हटाएर चितवनका अमिक सेरचन र पृथ्वीमान गुरुङलाई नियुक्त गरिसकेको छ । माओवादी केन्द्र निकट शेरचनलाई ओली सरकारले हटाएको थियो । उनी लोकतान्त्रिक आन्दोलनका एक महत्वपूर्ण व्यक्ति मानिन्छन् । प्रदेश नं. १ का लागि यतिबेला प्रमुख हुन कांग्रेस निकट धेरै बुद्धिजीवी शक्ति केन्द्रमा धाउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!