खबर ठुलो छ

अफगानिस्तानको तालिवान समूहलाई हतियार बन्दोवस्तीको गर्दै आएका उक्त समूहका एक नेता मारिएका अफगानी अधिकारीले जनाएका छन् । उत्तरी बल्ख प्रान्तमा सेनाले अबुवाकर भनिने मोहम्मद गुललाई लक्षित गरी गरेको हवाई आक्रमणमा उनी मारिएका रक्षा मन्त्रालयले सोमबार जानकारी गराएको छ । ‘अफगान वायु सेनाले अबुवाकरविरूद्ध लक्षित गरी आइतबार राति गरेको कारबाहीमा उच्च प्रविधिको हतियारको जिम्मेवारी सम्हाल्दै आएका उनको मृत्यु भएको छ,’ मन्त्रालयद्वारा सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अबुवाकरले बल्ख प्रान्तको चिम्ताल जिल्लास्थित देलबर गाउमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै आएका अधिकारीले बताएका छन् । मृतक ती नेताले तालिवानी समूहलाई ‘लेजर विपन’को प्रवन्ध मिलाउने गरेका अफगानी सेनाले जनाएको छ । अफगानिस्तानमा विगत १८ वर्षदेखि तालिवानी लडाकू अमेरिकी सेनाको सहयोग प्राप्त सरकारी सेनासँग लड्दै आएको छ । एजेन्सी ।

मंगलबार, माघ २८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया