राजन पोखरेल

बुधबार, साउन १३, २०७८ || 1144  पटक पढिएको

बेलबारी। घटना बेलबारी नगरपालिका स्थित बेलबारी बहुमुखी क्याम्पसको हो । केही दिन अघि बेलबारी बहुमुखी क्याम्पसमा भुपेन्द्र प्रसाद कोइरालाले नियुक्ती लिए । उनी बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख समेत हुन ।

यसै विषयमा नेवी संघ बेलबारी क्याम्पस कमिटीले आन्दोलन गरिरहेको छ । तर आन्दोलनलाई फितलो बनाउन नेपाली काङ्ग्रेसका केही नेता समेत लागि परिरहेका छन । केही वर्ष अघि सुकुना बहुमुखी क्याम्पसमा समेत शिक्षकले दोहोरो सुविधा लिएको विषय विवादित बन्दा नेवी संघ क्याम्पस कमिटी सभापती विजय तोलागी लगायत विधार्थी नेताको टाउको फुटेको थियो । रिपोर्टिङ गर्न गएका सञ्चारकर्मी माथी समेत तरुण दलले कुटपिट गरेको थियो । नेवी संघले आवाज उठाएकै कारण क्याम्पस प्रमुख लक्ष्मी श्रेष्ठले राजिनामा समेत दिनु परेको थियो ।

घटना घटेको धेरै समय विती सकेको भने छैन तर नेपाली कांग्रेसले सुकुनामा भएको उक्त आन्दोलनलाई विर्सिएर बेलबारी बहुमुखी क्याम्पसमा सरकारी कर्मचारीले लिएको दोहोरो सुविधालाई समर्थन जनाउदा कतै स्वार्थको राजनिती जोडिएको त छैन भन्ने आम विधार्थीले प्रश्न उठाउन थालेका छन । सुकुनामा भएको उक्त आन्दोलनमा नेपाली काङ्ग्रेस मोरङ जिल्ला सभापती डिक बहादुर लिम्बू, प्रदेश सांसद लोकप्रसाद संग्रौला र सुयर्माराज राईले समेत आन्दोलनमा समर्थन जनाउदै सडकमा चर्को आवाजमा बोलेका थिए ।

हिजो सुकुनामा दोहोरो सुविधको विषयमा अवाज उठाउने नेवी संघका विधार्थी नेताहरुले समेत मौन समर्थन क्याम्पस प्रमुख माथी गरेका छन । आखिर किन ? एउटै क्षेत्र, छिमेकी नगरपालिकामा एउटै प्रकृतिको घटना घट्दा एउटा कलेजमा वेथिती हुने एउटा कलेजमा सहि हुने अखिर कस्को स्वार्थमा विधार्थी विधार्थी माझ आपसी द्वन्द्व सिर्जना राजनिती गर्ने नेताले गर्दैछ ? कानुन सबैलाई एउटै लाग्ने हैन र ?

विशेष नेता र व्यक्तीको स्वार्थ पुर्ण राजनितीले हाम्रो समाज कता तिर जादैछ । शैक्षिक क्षेत्र जस्तो सवेदनशिल क्षेत्रमा किन स्वार्थको राजनिती गरिदैछ ?

हिजो सुकुनाको घटनामा चर्को बोल्ने राजनितिक व्यक्तीहरु आज किन मौन समर्थन गर्दैछन ? यस घटनको सत्य तथ्य कुराहरु बाहिर आउन जरुरी छ । शैक्षिक क्षेत्रमा स्वार्थको राजनिती गरेर जसजसले अहिले मौन समर्थन गर्दै आइरहेका छन बेलबारी बहुमुखी क्याम्पसमा खलबलिएको राजनितिक उतरचढावको भागेदारी सबै हुनुपर्छ हैन र ?

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!