बिराटनगर ,

मोरङको उर्लाबारीकी चेली मेचु धिमाल द भ्वाइस अफ नेपालको टप ८ मा परेकी छिन् ।

शुक्रबार प्रसारित भ्वाइस अफ नेपालमा उत्कृष्ट गीत प्रस्तुत गरेकी मेचु टप ८ मा पर्दा बल बहादुर राजवंशीले स्टेज छोड्नु परेको थियो

धिमालले सबै सहयोगीरुलाई धन्यवाद दिंदै शनिबारको एपिसोडको लागि पुन: आफुलाई भोटको लागि सामाजिक संजाल फेसबुक मार्फत अपिल गरेकी छन् !

हेर्नुहोस् जस्ताको तस्तै :

हजुरहरु सबैमा नमस्कार सेउपाखा

रात्रिकालिन अभिवादन

सदा झै यस पटक पनि तपाईहरुको अमुल्य मतले टप ८ मा पुग्न सफल भएकोमा सव्रप्रथम त हजुरहरुलाई हृदय देखी नै धन्यवाद तथा आभार प्रकट गर्दैछु । आफ्नो बलबुता र क्षमताले भ्याएसम्म मेहेनत गरेर उत्कृष्ठ प्रस्तुति दिने क्रम जारी नै छ मेरो । त्यसमा पनि तपाईहरुको साथ माया र स्नेह भुल्न नसक्ने छ । हुन म अहिले के नै पो दिन र सक्छु र धन्यवाद शिवाय । यस्तै साथ सहयोग मिले एकदिन नेपाली साँगीतिक क्षेत्रलाई उज्जवल बनाउदै आफु आफ्नो ठाउँ गाउाको नाम राख्न सक्नेछु भन्ने विश्वास ममा भरिएको छ तपाईहरु आदरणियले गर्दा ।

तपाईहरुको मतको अगाडी मेरो धन्यवाद पनि सानो हुन सक्छ तर पनि आफ्नै छोरी चेली दिदी बहिनी सम्झेर यस्तै यस्तै अझ धेरै माया गरिदिनुहोला । आजको प्रस्तुति कस्तो मैले सुधार गर्नुपर्ने पक्ष के छन् । त्यो पनि औल्याईदिनुहोला । किनकी मेरो लागि हजुरहरुको सुझाप मार्गदर्शकन हुनेछ । टप ७ को लागि स्पर्धा रहेकोले अझै धेरै मत गरिदिनुला मेरो विशेष आग्रह छ ।

अन्त्यमा फेरि पनि भन्न चाहान्छु,

नेपाली हामी रहौला काँहा नेपालै नरहे

उचाँई हाम्रो चुलिन्छ काँहा हिमालै नरहे

मेचुलाई भ्वाइस अफ नेपालको स्टेजमा फेरी पनि देख्न चाहनुहुन्छ भने भोट अत्याधिक गर्नुहोस् । नेपालबाट म्यासेज वक्समा गएर ०६ टाइप गरी ३७००० मा पठाउनु होला ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!