हिपमत डटकम

मंगलबार, साउन १२, २०७८ || 687  पटक पढिएको

कोरोना महामारी बेला संक्रमित भएका र निको भएकाहरूले उसिनेर अण्डा खाँदा शरिरलाई ऊर्जा प्राप्त हुने भएकाले प्रयोग बढेको छ ।

प्रयोग बढेसँगै मूल्य पनि वृद्धि भएको छ । बजारमा माग धान्न मुस्किल भएको व्यवसायीले बताएका छन् र, निषेधाज्ञा नभएको अवस्थामा मात्र खस्केको अण्डाको उत्पादन र कारोबार बढ्ने बताएका छन् ।

कोरोना महामारी अघि १० रुपैयाँमा पाइने अण्डाको खुद्रा मुल्य १५ रुपैयाँ भएको छ । अण्डा उत्पादनमा अग्रणी रहेको चितवनमा थोक मूल्य नै बढाएपछि यसको दर अझै आकाशिने खुद्रा व्यापारीहरूले न्यू सृष्टि दैनिकलाई बताएका छन् । नेपाल सरकारले भारतबाट आउने अण्डामा रोक लगाएको छ ।

संक्रमण भएका र निको भएकालाई चिकित्सकहरूले पनि उसिनेको अण्डा प्रयोग गर्न सुझाव दिन्छन् ।
भारतबाट आयातमा रोक लागेकाले आन्तरीक उत्पादनले धान्नुपर्ने अवस्था छ र, व्यवसायीका अनुसार अण्डाको माग बजारमा धेरै नै बढेको छ । निषेधाज्ञा कडाईका साथ पालना हुँदा ढुवानीतर्फ समस्या आएर प्रमुख बजारमा अण्डा पु¥याउन सकिएको थिएन । यसले धेरै उत्पादकलाई नोक्सानी पनि ग¥यो ।

सोमबारदेखि लागू हुने गरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) ३८५ र मिडियम प्रतिक्रेट ३५५ रुपैयाँ कायम गरिएको छ । यसमा ढुवानीको खर्च जोडिएको हुन्न । ढुवानीको खर्चसमेत जोड्दा अण्डाको मूल्य बढ्ने देखिएको छ ।
नेपाल अण्डा उत्पादक संघका अनुसार नेपालमा दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन हुन्छ । माग भने बजार खुलेको बेला ४० लाखको हाराहारीमा हुन्छ । अन्य समयमा यो संख्या ४७ लाखसम्म पुग्ने गरेको छ ।

नेपालमा पोल्ट्री क्षेत्रमा १ खर्ब ५० अर्बभन्दा बढी लगानी छ । सीमान्त नाका खुल्ला भएकाले रोक लगाए पनि कुनै न कुनै तरिकाले भारतीय अण्डा सीमान्त नेपाली बजारमा भित्रने गरेको छ । भारतबाट ल्याउने अण्डा १० रुपैयाँमा पाइन्छ ।
एकातर्फ कोरोना महामारीमा संक्रमितले अत्यधिक प्रयोग गर्ने अर्कोतर्फ होटल, रेष्टुरेण्टहरू समेत संचालनमा आउन थालेपछि अण्डाको माग बढेको देखिन्छ । केही बर्षयता नेपाल अण्डामा आत्मनिर्भर भएको सुखद खबर आएको थियो तर, कोरोना महामारीसँगै निषेधाज्ञा जारी भएपछि बजार खुम्चिएर उत्पादन नै प्रभावित भएको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!