प्रशासनले निषेधाज्ञा ‘कन्ट्रोल’ गर्न सकेन । प्रशासन असफल भएकै हो । निषेधाज्ञाको सान्दार धज्जी उडेकै हो । सखारैदेखि अबेर रातसम्म निषेधाज्ञाको खिल्ली उडाइएको छ । दृश्य हेर्दा प्रशासन, प्रहरीप्रति टिठ लागेर आउँछ ।
लू निषेधाज्ञा त असफल भयो, तर मास्क अनिवार्यको अभियान चै प्रहरीबाट सफल हुने देखिन्छ । यो रिपोर्टर विराटनगरका प्रमुख व्यस्त ठाउँमा गएर सररर हेर्दा सयमा ५० जनाले मास्क लगाएको पाएन । कसैले हातमा भिरेका छन्, कसैले चिउँडोसम्म झुण्डयाएका छन् । कसैले गोजीमा राखेका छन् । सबैलाई खुल्ला हावा खानु छ । नियमप्रति कसैको वास्ता छैन ।
प्रशासनले प्रहरीलाई परिचालन गरेर मास्क नलगाउनेलाई सय रुपैयाँ मात्र जरिवाना गर्ने हो भने ५ रुपैयाँ पनि नपर्ने मास्क अनिवार्य रूपले लगाउने थिए सबैले । तर, यहाँ त प्रहरी आफै नियममा बस्दैन ।
प्रहरी नियममा नबसेपछि अरूले मौका पाउने नै भए । कम्तिमा मास्क मात्र लगाएर हिड्यो भने पनि संक्रमण विस्तार हुने थिएन । होइन, नियमन गर्ने निकायको घैटोमा घाम कहिले लाग्ने हो ? किन प्रशासन नियम पालना गराउनेतर्फ सचेत देखिन्न ? कडा नै तरिकाले भन्ने हो भने प्रशासन र प्रहरीमा बसेर जागीर मात्र नखाऔं न हौ ! महामारीको बेला नियमलाई त केही कडा पार्नै पर्छ नि ।
यो लेख आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।