मंगलबार, माघ २८, २०७६ || 932  पटक पढिएको

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिरामी अवस्थामै उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेटघाट गरेको नागरिक दैनिकमा समाचार छ । गौतमलाई आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर ओलीले डेढ घण्टाजति छलफल गरेका हुन् । आइतबार बिहानदेखि सामान्य बिरामी भएका कारण प्रधानमन्त्री ओली पार्टीको सचिवालय बैठक र सगरमाथा संवाद उद्घाटन कार्यक्रममा सहभागी हुन सकेका थिएनन् तर अपराह्न राष्ट्रिय योजना राष्ट्रिय विकास समस्या समाधान समितिको कार्यक्रममा थोरै समय सहभागी भएका थिए । सोही कार्यक्रमपछि बालुवाटार पुगेका ओलीले गौतमलाई बोलाएर पार्टी उपाध्यक्ष बनेकोमा बधाई दिँदै मिठाईसमेत खुवाए । प्रधानमन्त्री ओलीले भेटमा गौतमलाई २ नम्बर प्रदेशमा भएको पार्टी विवाद मिलाउनसमेत निर्देशन दिए । ‘ओलीले गौतमलाई एक्लै भेटेर सम्बन्ध कसिलो बनाउने कोसिस गरेको देखिन्छ,’ नेकपाका एक नेताले भने, ‘ओलीले नेताहरुसँग एक्लाएक्लै भेटेर सम्बन्ध सुधार्न खोजेको हुनसक्छ ।’ पुस २३ गते गौतम निवासमा भएको शीर्ष नेताहरुको भेलापछि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि छुट्टाछुट्टै भेट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!