अन्नपूर्ण मिडया नेटवर्क अन्तरगतको रेडियो अन्नपूर्ण नेपाल ९४ मेगहर्जले रु १ लाख नगद पुरस्कार राशिको गाईजात्रा कमेडी च्यालेन्ज प्रतियोगीता ल्याएको छ ।

गाईजात्रा २०७८ को अवसरमा आयोजना गर्न लागिएको यो प्रतिस्पर्धामा प्रतिषस्पर्धीले ३ मिनेटको हांस्यब्यङ एकल प्रस्तुतिको भिडियो रेकर्ड गरेर पठाउनु पर्ने छ । प्रतिस्पर्धामा सहभागी हुने मध्येबाट उत्कृष्ट ३० छनौट गरिनेछ र उत्कृष्ट ३० ले निर्णायकले तोकेको बिषयमा ५ मिनेटको एकल प्रस्तुती पुनः पठाउनु पर्ने रेडियो अन्नपूर्ण नेपालका प्रमुख शिरोमणी दवाडीले जानकारी दिएका छन् ।

यस गाईजात्रा कमेडी च्यालेन्जको पहिलो चरण निर्णायकहरुमा चलचित्र निर्देशक उदय सुव्वा , डकुमेन्ट्री एवं म्यूजिक भिडियो निर्देशक दयाराम घिमिरे , चलचित्र निर्देशक सुमन दाहाल रहेका छन् भने दोश्रो अर्थात् फाइनल चरणको निर्णायकहरूमा बरिष्ठ हास्यव्यङ्गकार चट्याङ मास्टर , सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङे , बरिष्ठ हाँस्य कलाकार किरण केसी र अभिनेत्री सरिता लामिछाने रहेका छन् ।

हरेक महिना हरेक नयाँ प्रतियोगिता कार्यक्रम लिएर अगाडि बढ्दै आएको रेडियो अन्नपूर्ण नेपालले गत महिना एक लाख नगद पुरस्कार कै भानु कबिता महोत्सव आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!