हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 557  पटक पढिएको

विराटनगर महानगरपालिकाले नगरक्षेत्रमा बसोबास गरिरहेका १३ जना एचआइभी एड्स संक्रमित बालबालिकालाई वार्षिक रूपमा २४ हजारका दरले रकम प्रदान गरेको छ । मेयर भीम पराजुलीले ०७७÷०७८ को अन्ततिर १३ संक्रमित बालबालिकालाई महिनाको २ हजारको दरले १ वर्षको एकमुष्ठ २४ हजार रूपैयाँ हस्तान्तरण गरेको छ । महानगरपालिकाले ०७८÷०७९ को बजेटको रातो किताबमा नै संक्रमित बालबालिकालाई मासिक रूपमा २ हजारका दरले सहयोग गर्ने गरी रकम विनियोजनको व्यवस्था गरेको छ ।

देशभरीका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई पछाडि छाड्दै विराटनगरले बजेट मार्फत नै संक्रमित बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने गरी रकम विनियोजन गरेको छ । उपमेयर तथा न्यायिक समितिका संयोजक इन्दिरा कार्कीको संयोजकत्वमा १ सय संक्रमित बालबालिकाको रेखदेख गर्ने गरी रकमको व्यवस्था गरिएको छ ।

स्पर्श नेपाल विराटनगरका अध्यक्ष सामाजिक अभियन्ता संजीव खड्काको पहलमा महानगरपालिकाले संक्रमित बालबालिकाको लागि स्वास्थ्य र शिक्षा प्रदान गर्नेगरी रकम विनियोजन भएको खड्काले बताए । महानगरपालिकामा बसोबास गरिरहेका एचआइभी एड्स संक्रमित व्यक्तिको मृत्यु पश्चात संक्रमण सर्न सक्ने र यस्ता परिवारकाको संरक्षण एवं सम्वद्र्धनका लागि हात अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!