हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 636  पटक पढिएको

जनता समाजवादी पार्टी नेपालका कार्यकारी अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष महन्त ठाकुर समूह मोरङमा कार्यकर्तालाई आफ्नो समूहमा तान्न सक्रिय छन् ।

मोरङमा यादव समूहको सांगठानिक अवस्था मजबुत छ । ठाकुर समूहको जिल्लामा खासै पकड छैन । विगतमा ठाकुर समूहका उम्मेदवारले संसदीय निर्वाचनमा १ हजार मतपनि कटाउन सकेका थिएनन् ।

पार्टीको आधिकारिकताको विषयमा निर्णय लिन निर्वाचन आयोगले साउन ११ गते यादव समूहलाई केन्द्रीय समिति र संसदीय समिति गरेर ५१ जनालाई आयोगमा उपस्थित हुन पत्राचार गरेको छ ।
निर्वाचन आयोगको पत्राचारलाई रोक्न ठाकुर समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । केन्द्रीय समितिमा यादव ठाकुर समूह पार्टी आधिकारितकताको विषयमा आमनेसामने रहेको बेला त्यसको प्रत्यक्ष असर जिल्ला जिल्लामा देखिन थालेको छ ।
मोरङको दक्षिणी सीमान्त क्षेत्र नं. ५ मा जसपाको राम्रो पकड छ । जहाँबाट पहिलो संविधानसभामा उपेन्द्र यादव र त्यसपछिको उपनिर्वाचनमा जयराम यादव विजय भएका थिए ।

मधेसी बाहुल्यता क्षेत्र नं. ५ का कार्यकर्ताहरूलाई दुवै समूले अफर दिएर आ–आफ्नो समूहमा तान्न व्यस्त रहेका छन् । दुवै समूहले एक अर्काको नेता कार्यकर्ता तान्दै सांगठानिक गतिविधिलाई निरन्तरता दिएको दुवै समूहका कार्यकर्ताहरू आमनेसामने रहेको र यस्तो क्रियाकलापले जतिबेलापनि काटमार हुन सक्ने देखिएको छ ।

जसपा नेपाल मोरङका अध्यक्ष राजकुमार यादवले ठाकुर पक्षको मोरङमा सांगठानिक पकड नरहेकोले तिनीहरूको गतिविधि सुस्त छ । आफ्नो यादव समूहको सांगठानिक गतिविधि चलायमान छ र, सबै कार्यकर्ता र नेता यादव समूहमा रहेको दावी गरे । ठाकुर समूहका मो. कादिरले पार्टी एकता भए पनि भावनात्मक एकता नभएको भन्दै आफुहरूलाई कमजोर नठान्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!