हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 443  पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्वास्थ्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

देश कोरोना महामारीसँग जुधिरहेको समयमा स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै चौतर्फी आलोचना भएसँगै प्रधानमन्त्री देउवाले मन्त्री थप्ने तयारी गरेका हुन् ।

सत्तासाझेदारसँग छलफल गरी एकै पटक पूर्णता दिने उद्देश्यले हालसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताउँदै अबको केही दिनमै सरकारले पूर्णता पाउने कांग्रेसका एक नेताले बताए। ‘सम्भव भएमा सरकारले आज अथवा केही दिनमै पूर्णता पाउँछ,’ उनले भने, ‘सहमति बन्न नसकेपनि स्वास्थ्य र परराष्ट्रमन्त्री भने तत्काल नियुक्त हुन्छन्।’

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। स्वास्थ्यमन्त्रीमा गगन कुमार थापा, डा. शशांक कोइराला लगायतले आकांक्षा व्यक्त गरेका छन् । यसअघि स्वास्थ्यमन्त्रीमा राम्रो काम गरेको कारण थापाको माग उठेको छ भने आफू स्वास्थ्य क्षेत्रकै व्यक्ति भएको कारण कोइरालाले आफूले स्वास्थ्य मन्त्रालय पाउनुपर्ने माग गरेका छन् । देउवाले कस्लाई नियुक्त गर्छन भन्ने अझै खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!