हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 612  पटक पढिएको

जाडो समयमा चियामा मरिच राखेर खाने चलन छ । प्रायः जाडो समयमा चियामा राखिने कालो मरिचले न्यानो गराउन मात्र होइन, स्वास्थ्यलाई फाइदा गर्दछ ।

यी हुन् मरिचका फाइदा मरिचको सेवनले पेटको दुखाई कम गर्न मद्दत गर्छ । मरिचमा हुने एन्टीब्याक्टेरियल गुणले पेटमा हुने इन्फेक्सनबाट बचाउँछ ।

मरिचको नियमित सेवनले शरीरको मोटोपना नियन्त्रण गरी तौल कम गर्न मद्दत गर्छ । त्यस्तै, कब्जियत तथा ग्यास्ट्रिक सम्बन्धी समस्याबाट छुटकारा पाउन पनि मरिच लाभदायी मानिन्छ ।

क्यान्सरका बिरामीले यसको नियमित सेवन गर्नाले फाइदाजनक हुन्छ । मरिचमा क्यान्सरका सेल तथा कोशिका नष्ट गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ ।

तर मरिचको ज्यादा सेवनले भने हाडजोर्नीमा समस्या निम्त्याउन सक्छ ।

तपाईंका आँखा कमजोर छन् भने मरिच पिसेर धूलो बनाउनुस् अनि घिउसँग यसलाई मिसाएर नियमित सेवन गर्नुस् । यसो गर्दा आँखा तेजिलो हुन्छ ।

पेटमा कीरा परेका छन् भने अलिकति मरिचको धूलो एक गिलास मोहीमा घोलेर पिउनुस् । अर्को उपाय भनेको दिनमा तीनचोटि मरिच किसमिससँग मिसाएर खानुस् ।

पाइल्सको समस्या छ भने मरिच उत्तम औषधी हो । जिरा, चिनी र मरिचका दानाहरूलाई पिँधेर धूलो बनाउनुस् अनि बिहान बेलुका तीनचोटि खानुस् । यो खाँदाखेरी जंक फूड तथा तेल हालेको खानेकुरा नखानुस् ।

साससम्बन्धी समस्या छन् भने पुदिनाको चियामा मरिच हालेर पिउनुस् ।

मरिच चपाउने गर्दा अनुहारका दागधब्बा र रोग निको हुन्छन् ।

दाँत दुखेको वा बिग्रेको छ भने मरिचले फाइदा गर्छ । पाइरिया भएको छ भने मरिचको धूलोमा नून हालेर दाँतमा दल्नुस्, ठीक हुन्छ ।

भुल्ने बानी छ भने महमा मरिचको धूलो हालेर दिनमा दुईचोटि खानुस् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!