हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 978  पटक पढिएको

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीसँगको संघर्षलाई वार कि पार बनाउने गरी बढेका छन् । उनले आफूनिकटस्थ नेताहरुसँग शनिबार महत्वपूर्ण छलफल गरी राय सुझाव समेत लिइसकेका छन् ।

नेपालले पार्टी एकताका लागि ओलीले विगतका कदमप्रति माफी मागेर विज्ञप्ति जारी गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, ओलीले उल्टै नेपालले गल्ती गरेको भन्दै स्वीकारे आममाफी दिन सकिने निर्णय पार्टी बैठकबाट गराएका छन् ।

नेपाल र ओली दुवैले एक अर्कालाई दोषी भन्दै माफी माग्न भनेका छन् । तर, दुवै माफी माग्न तयार छैनन् । बीचको बाटो तय गरी पार्टी मिलाउन दोस्रो पुस्ताका नेताहरु लागेका छन् । तर, त्यो सफल भएको छैन ।

अब एमालेविवाद अल्झाइरहने पक्षमा ओली र नेपाल दुवै नभएको बुझिएको छ । केही दिनमै पार्टी केन्द्रीय कमिटी र संसदीय दलमा जतिसक्दो बढी सांसद आफू पक्षमा ल्याएर नेपाल निर्णयमा पुग्ने बुझिएको छ । सकेसम्म केन्द्रीय कमिटीमा बहुमत पुर्याएर नेपालले पार्टीमा पकड बनाएर ओलीमाथि कारबाहीको निर्णय गराउन खोजेका छन् । तर, त्यो सम्भव देखिएको छैन ।

नेपालले जतिसक्दो बढी केन्द्रीय सदस्य र सांसद बनाएर त्यही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई दल विभाजनका लागि अनुकूल हुने अध्यादेश ल्याउन लगाउने तयारी समेत गरेको बुझिएको छ । सम्भवतः नेपाल पक्षमा २० देखि ३० प्रतिशत सांसद पुग्दैछन् । त्यही अनुसार यसै हप्ता दल विभाजन सजिलो बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!