खबर ठुलो छ

नेकपा (एमाले) निकट युवाहरुको संगठन युथ फोर्सले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । युथफोर्सले हजारौंको संख्यामा आज मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गरेको एमाले नेता महेश बस्नेतले जानकारी दिए ।

 

युवा संघ तथा युथफोर्स जिल्ला कमिटी भक्तपुरले हजारौको मोटरसाइकल र्याली गरेको छ । मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य हुने भएको छ ।

 

उक्त मार्चपास सम्पन्न गरी कार्की व्याङ्क्वेटमा काठमाडौँ युथफोर्स भ्याली कमाण्डसमेत घोषणा गर्ने भएको छ । उक्त घोषणा तथा सपथ कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।

 

शनिबार, साउन ०९, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया