झापामा पछिल्लो समय कोरोना संक्रमणको दर पुनः बढ्न थालेसँगै स्थानीय तहले आफ्नो क्षेत्र सिल गर्न थालेका छन्।

संक्रमण फैलिन नदिन भन्दै बढी संक्रमित भएको क्षेत्रहरू सिल गरेका हुन्।

कनकाई नगरपालिकाले साउन १६ गतेसम्मलाई सिल गरिएको छ। कनकाई नगरपालिकाले एक सूचना जारी गर्दै ९ गते राति १० बजेदेखि १६ गतेसम्मका लागि सिल गरेको हो। नगरपालिकाले सबै व्यवसाय, बैंक तथा वित्तीय संस्था बन्द गर्न अनुरोध गरेको छ।

नगरपालिका तथा वडा कार्यालयबाट अत्यावश्यक सेवाबाहेक सबै स्थगन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिए।

यस्तै अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द गरिएको छ। वडा नं. ८ को कार्यालयले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै बन्द गरेको जनाएको छ।

साउन ८ गते राति १२ बजेदेखि १५ गतेसम्मका लागि बन्द गरिएको वडाध्यक्ष गोपीचन्द्र गौतमले जानकारी दिए।

वडा कार्यालयले सूचना जारी गर्दै शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गरिने जनाएको छ। बजार व्यवस्थापन समिति, चेम्बर्स अफ कमर्श, उद्योग वाणिज्य संघ टोल विकास समिति समेतको छलफलपछि नागरिकको जीवन रक्षाका लागि बजार क्षेत्र बन्द गर्ने निर्णय भएको वडाध्यक्ष गौतमले जानकारी दिए।

यसअघि नै बुद्धशान्ति गाउँपालिकाले आफ्नो क्षेत्र सिल गरिसकेको छ।

दोस्रो लहरको निषेधाज्ञा खुकुलो भएपछि झापाका बजारमा सर्वसाधरणको चहलपहल बढेको थियो। कतिपयले सामान्य रुघाखोकीजस्तो ठानेर पचाइरहेका छन्। जिल्लाको शिवसताक्षी नगरपालिका पनि कोराना संक्रमण दर उच्च रहेको नगरको स्वास्थ्य साखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!