हिपमत डटकम

शनिबार, साउन ०९, २०७८ || 545  पटक पढिएको

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात सञ्चालन गर्ने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय हो ।

यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।

गृहमन्त्रालयले लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी सकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!