राम प्रेम यादब

शुक्रबार, साउन ०८, २०७८ || 710  पटक पढिएको

नागरिक संवाद केन्द्र बिराटनगरले कानून विषय अध्ययनरत विद्यार्थीहरुसँग अन्तरक्रिया गरेको छ । शुक्रबार बिराटनगर स्थित नागरिक संवाद केन्द्रको पुस्तकालयमा विद्यार्थीसँग कानूनी साक्षरता गर्दै केन्द्रले अन्तरक्रिया गरेको हो ।

ब्राईट भिजन ल कलेज विराटनगरका बिए एल एल बी बिभिन्न बर्षमा अध्ययनरत विद्यार्थीहरुसँग सो अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा संवाद केन्द्रका प्रमुख अधिवक्ता मधु सुधन चौधरीले नेपालको संबिधान बमोजिम समावेशीकरणका सवाल, विद्यमान कानुनी व्यवस्था र कार्यन्वयनको विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अथिति प्रदेश सांसद सुयर्मा राज राई समेतले सो अन्तरक्रियाको बिशेष कक्षा लिएका थिए । उनी प्रदेश १ मोरगं जिल्ला क्षेत्र नम्बर ३ को ख बाट निर्वाचित प्रदेश सांसद हुन् । उनले सबैलाई समान रुपमा समानुपातिक समावेशीको अधारमा प्रतिनिधीत्व हुनु पर्नेमा जोड दिईन् । सांसद राई राज्यको सबै क्षेत्रमा सबै जातजाती भाषभाषी पुरुष र महीलाको समान प्रतिनिधीत्व भएमा देश चाडै विकाशको दिशा लिने बताईन् ।

नागरीक संवाद केन्द्र बिराटनगरका प्रमुख अधिवक्ता मधु सुधन चौधरीको अध्यक्षतामा भएको सो अन्तरक्रियामा कानूनी संकायका १० जना विद्यार्थी सहित अधिवक्ता सिता पौड्याल, अनिल खड्का लगायतका सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!