मंगलबार, माघ २८, २०७६ || 896  पटक पढिएको

रुपा गाउँपालिका–२, कास्कीस्थित शिवालय माविमा पढाइ प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागू भएका कक्षा १, २ र ३ का विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा ३ ओटै कक्षाका उत्कृष्ट पठन सीप भएका विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

फिडर विद्यालयका रुपमा रहेको कुलेश्वर आधारभूत विद्यालयको समेत सहभागिता रहेको प्रतियोगितामा कक्षा १ बाट पूजा थापा, सञ्जोग भुसाल र कुशल सुवेदी, कक्षा २ बाट सलिना सुनाम, सुगम आले र अस्मित बस्नेत तथा कक्षा ३ बाट शिखा नेपाली, दीपेश पौडेल र प्रमिला परियार क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । प्रतियोगितामा पुरस्कृत विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताका निर्णायकहरुमा शिक्षक रामबहादुर माल, बनिकुमारी घती र नितु तिवारी रहेका थिए ।

सहकार्यकलाप विभागका संयोजक धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन शिक्षिका शान्ता तिमल्सेनाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!