कर्मचारीतन्त्रमा कांग्रेसको असफलता

समाचार बन्न नसकेको समाचार

हिपमत डटकम

शुक्रबार, साउन ०८, २०७८ || 646  पटक पढिएको

सत्ता परिवर्तन भएको छ र, कांग्रेसका कर्मचारी केही खुसी देखिएका छन् तर, पूर्ण रूपमा आशावादी भने छैनन् ।
कम्युनिष्ट सत्तामा उनीहरू निकटका कर्मचारीकै संरक्षण हुन्छ र, पछिल्लो चार बर्षमा यो भयानक तरिकाले देखिएको पनि छ । कांग्रेसका जनप्रतिनिधिलाई असफल बनाउन कमरेड कर्मचारीलाई पठाएर असफल बनाउने रणनीति नै थियो ।
हो, उनीहरूले आफ्नालाई कहाँ व्यवस्थापन गर्ने भन्ने कुरा हुन्छ । सूचीअनुसार आकर्षक ठाउँमा पोष्टिङ हुन्छ । तर, कांग्रेसमा त्यो हुन्न ।

त्यसै भएर कांग्रेसका कर्मचारीहरू निकै पीडित छन् । केपी ओली सरकारले कांग्रेस समर्थक कर्मचारीको ठूलो समूहलाई तितरवितर बनाएको छ, त्राहीमाम अवस्थामा बसेका थिए कर्मचारी पछिल्लो चार बर्षमा । यसलाई संरक्षण र एकिकृत गर्ने कार्यको आशा कांग्रेस निकट कर्मचारीको छ तर, सत्तामा गएको दुई हप्ता पुग्नै लाग्दा पनि कुनै सकारात्मक संकेत देखिएको छैन ।

नेपाल सरकारका सहसचिव गोपाल रेग्मी कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत छन् । यो पदअनुसारको न्याय होइन । उनीजस्ता कर्मचारीलाई सत्ताले प्रमुख जिल्ला अधिकारी बनाउनुपर्ने हो । कांग्रेसमा रेग्मीजस्ता धेरै कर्मचारी यसरी पीडित बनेका छन् ।

केही अपवाद हुनसक्छन् कांग्रेसका कर्मचारी जो चाकडी गर्न माहिर छन् । जो आफुलाई कर्मचारी मात्र भन्छन् र, खुलेर राजनीतिमा देखिन्नन् । उल्टै यस्तै कर्मचारीको सत्ता पलटपछि भूमिका आकर्षक हुन्छ । जो पार्टी, दल र संगठन भनेर हिडेको हुन्छ उसलाई कुनै वास्ता छैन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!