बिहिबार, मंसिर १२, २०७६ || 2537  पटक पढिएको

काठमाडौ ,
बिशेष गरेर आधुनिक गीत संगीतमा रुचाईएकि गायिका मेलिना राई द्वारा स्वर बद्ध एक लोक दोहोरी गीत भर्खरै बजारमा आएको छ । दिपेश पौडेल को प्रस्तुतिमा रहेको उक्त गीत “बनैमा अमला” बोलको रहेको छ ।

आधुनिक गीत संगीतमा आफ्नो स्वर सजाउन ब्यस्त रहेकी गायिका मेलिनाले लोक तथा दोहोरी गीतहरुमा पनि आफ्नो स्वर भर्ना थालेकी हुनाले पनि अब लोक दोहोरी गीतलाई नाक खुम्च्याउनेको कमि भएको महसुस गर्न सकिन्छ । गायिका मलिनाले यस अगी पनि थुप्रै लोक तथा दोहोरी गीतहरुमा स्वर भरिसकेकी छिन् । उनले यस गीतलाई पनि सबैले माया गरिदिनुहुन अनुरोध गरेकी छिन् ।

गायक दिपेश पौडेल र गायिका मेलिना को स्वरले सजिएको “बनैको अमला” बोलको गीतलाई महेन्द्र्र भण्डारीको शब्द तथा लय सिर्जना रहेको छ । गीतमा युगल जोडीको प्रेमका भावहरुलाई गीतमा रोचक रुपमा प्रस्तुत गरिएको छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ । बनैको अमला गीतको भिडियोमा अञ्जली अधिकारी र आकाश श्रेष्ठको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया