सन् १९२१ मा नोबेल पुरस्कारले सम्मानित विश्वको शीर्षस्थ वैज्ञानिक, परमाणु र सापेक्षताको सिद्धान्तको अन्वेषक ‘ आइन्सटाईन’ आफ्नो जीवनको अन्तिम समयमा थिए । त्यसैबेला एक अमेरिकी पत्रकारले उनलाई सोधे, ‘सर ! तपाई यो शताब्दीको महानतम वैज्ञानिक हो । तपाईको अन्तिम इच्छा के छ ? तपाईको पुनर्जन्म भएमा अर्को जन्ममा कुन रूपमा आउन इच्छा छ ?’
आइन्सटाइनले केही समय सोचेर भने, ‘अर्को जन्म भएमा वैज्ञानिक भने बन्दिनँ ।’ पत्रकारलाई यो कुरा सुनेर आश्चर्य लाग्यो । पत्रकारले पुनः सोधे, ‘कस्तो विचित्र कुरा गर्नुहुन्छ ? यत्रो ठूलो ठूलो आविष्कार गरेपनि तपाई वैज्ञानिक किन बन्न चाहनु हुन्न ?’
आइन्सटाईन हाँसेर भने, ‘नजान्दा नजान्दै कति खोज अनुसन्धान गरेर वैज्ञानिक तथ्य, सत्यको खोज गरि सारा जीवन त्यसैमा व्यतित गरे । अनुभव भइरहेको छ कि जीवनमा म त्यत्तिकै खाली हात मृत्यु वरण गर्न गइरहेको छु । त्यो तत्वको सोच अनि खोज गर्न सकिनँ जसले यो सारा ब्रह्माण्डको आविष्कार ग¥यो । ’
अन्त्यमा आइन्सटाईनले भने, ‘मृत्युपश्चात म हुँदैन, खोज्नु पर्ने तत्वले अल्बर्ट आइन्सटाईन त बनायो तर जाने अन्तिम समयमा अत्यन्तै खेद छ । विश्व प्रसिद्ध वैज्ञानिक भएर पनि म अरू नै चीजको खोजमा लागि रहेँ । मैले स्वयं आपूmलाई भने खोज्न सकिन ।’
त्यो नजान्ने तथ्य सत्य एवं आत्म तत्वको खोजतर्फ मेरो ध्यान किन गएन ? पछुतो छ । यदि पूनर्जन्म भयो भने भगवानसँग मेरो एउटै प्रार्थना छ । अर्को जन्ममा म आत्मदर्शी, आत्म अन्वेषक सन्त बन्न सकुँ ताकी जीवन तथा त्यो परम शक्तिको तथ्यसँग आत्म साक्षात गर्नमा सफलता पाउन सकुँ । जसले गर्दा सम्पूर्ण मानव सम्पदालाई उद्धार गरी प्रभुमा लिन हुन सकौं । यसबाट पुष्टि हुन्छ–जतिसुकै आधुनिकतम आविष्कार गरेपनि जसले परमेश्वरलाई चिन्न सक्दैन अज्ञानी भएर अन्धकारको बाटो अल्मलिएको हुन्छ ।