हिपमत डटकम

शुक्रबार, साउन ०८, २०७८ || 725  पटक पढिएको

कैलाली, टिकापुर नगरपालिका-८ सत्ती पुलस्थित सडकबाट ३० ग्राम ३ मिलिग्राम अबैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने १९ वर्षिय राहुल रावल र बर्दिया गेरुवा गाउँपालिका-४ कटेजपुर बस्ने १९ वर्षीय जनक धामी रहेका छन् ।

 

से.७ प १३३८ नम्बरको स्कुटरलाई प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले जाँचको गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी स्कुटर चालक धामी र स्कुटरमा सवार रावललाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!