हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 701  पटक पढिएको

प्रमुख प्रतिपक्षमा रहँदा प्रतिनिधिसभा र पार्टी संगठनमा महत्वपूर्ण योगदान गर्दै आएका मोरङबाट निर्वाचित पार्टीका एकमात्र सांसद डा. मिनेन्द्र रिजाललाई प्रभावशाली मन्त्री बनाउन दवाव दिइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै रिजाललाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिन दवाव दिइएको हो ।

पार्टीका अगुवा नेता र कार्यकर्ताले देउवालाई बालुवाटारमा भेटेर रिजालजस्ता लोकप्रिय र पार्टीका लागि खटेका व्यक्तिलाई सरकारी जिम्मेवारीबाट अलग गर्न नहुने भन्दै दवाव दिइएको छ । रिजाल यसअघि मन्त्री हुँदा पनि लोकप्रिय काम गरेका थिए र, विवादमा आएका थिएनन् । कार्यकर्तामाझ बलियो पकड भएका नेताका रूपमा रिजाललाई लिइन्छ ।
पार्टीको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवार हुने घोषणा गरेका डा. रिजाल प्रतिनिधिसभामा कमजोर प्रतिपक्ष भएको अवस्थामा समेत दमदार तर्कसहित आफ्ना धराणा राखेर सत्ता पक्षको खिल्ली उडाउने गर्थे ।

‘रिजाललाई सरकारमा नलानु भनेको उनीप्रति पूर्वाग्रहमात्र झल्किने छैन लोकप्रिय व्यक्तिसमेत लाई किनारा लगाएर अलोकप्रियलाई काखी च्याँपेको दोष प्रधानमन्त्रीले सामना गर्नुपर्नेछ’ मोरङ कांग्रेसबाट काठमाडौं गई देउवालाई भेटेका एक युवा नेताले भने । रिजालले सूचना तथा संचार, संस्कृति, संसदीय व्यवस्थालगायतका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!