बीरेन्द्रकुमार साह

बिहिबार, साउन ०७, २०७८ || 582  पटक पढिएको

नेपाली सिने जगतमा हरेक दिन नयाँ अनुहारको आगमन हुन्छ । कसैले आकाश चुम्छ त कसैले निराशा हात पार्छ । कोही वर्षौसम्म टिक्छ त कोही पलायन भएर जान्छ । नयाँ पुस्तामा अहिले धेरै नै कलाकारिता जगतमा मोह बढ्दै गएको हामी देख्न सक्छौ । आजभोलि दैनिकी नै सयौंको संख्यामा नयाँ कलाकारहरुको प्रवेश हुन्छ ।

पछिल्लो समय इटहरीबाट रीतु राई नेपाली सिने जगतमा आफ्नो सानो सानो पाइला चाली रहेकी छन् । रीतु २ वर्षदेखि यस क्षेत्रमा संघर्ष गरिरहेकी छन् । उनले २ वर्षअघि पहिलोपटक एउटा गीतको कभर म्युजिक भिडियोमा अभिनय गरेर यस क्षेत्रमा डेब्यु गरेकी थिइन् । उनले उक्त म्युजिक भिडियोबाट राम्रो प्रतिक्रिया पाएकी थिइन् । भिडियोपछि उनलाई धेरै नै अफरहरू आएको रीतुले बताइन् ।

रिताको शब्दमा–अहिले म सुनसरी र आसपासको विभिन्न सांस्कृतिक कार्यक्रम, महोत्सव र कला क्षेत्रसँग सम्बन्धित कार्यक्रममा सहभागिता जनाइरहेको छु, केही फेसन शो मा भाग पनि लिएको थिए र दर्शकहरुबाट मैले राम्रो प्रतिक्रियासमेत पाएको छु जसले गर्दा मेरो अझ हौसला बढ्दै गएको छ ।
केही म्युजिक भिडियोहरुमा समेत मलाई अभिनय गर्ने अवसरहरु आइरहेको छ । प्रस्ताव आएको छ बिस्तारै राम्रो राम्रो गीत अनि राम्रो टिम छनोट गरेर म काम गर्ने सोचमा छु । केही दिनमा नै मेरो म्यजिक भिडियोको छायांकन सुरु हुँदै छ । कला क्षेत्रमा आउन धेरै मेहनत गरेको छु ।

सुरूमा मलाई यो क्षेत्रमा काम गर्न गर्न निकै नै समस्या भयो तर पछि काम बुझ्दै जाँदा मान्छेहरु चिन्दै जाँदा अहिले धेरै नै सहज भएको छ । मनोरन्जनको क्षेत्र अथवा भनौ समग्र कला क्षेत्रमा राम्रो र नराम्रो दुबै प्रकारको मानिसहरु भेटिन्छन् । आफूमा भर पर्ने कुरा हो कसको संगत गर्ने भनेर ।
सबै मानिस यहाँ नराम्रो हुँदैनन् । कोही कोही धेरै नै राम्रो मानिस पाएको छु जसले हौसला प्रदान गर्नु हुन्छ र आफूले जानेको अनुभव सेयर गर्नु हुन्छ । सानो उमेरमा कुशल शिक्षक बन्ने सपना थियो तर अब अभिनयबाट नै पूरा गर्दै छु । एउटा स्थापित नाम बन्ने सपना हो ।

यसको लागि कडा मेहनेत समेत गर्दै छु । अहिलेसम्म कहिले पनि अभिनय सिकेको छैन तर मलाई लाग्छ अभिनय सिक्न आवश्यक छ । अहिले म आफ्नो अभिनयमा समेत आन्तरिक मेहनत गर्दै छु ।
कोहीसँग प्रेममा छैन । धेरै जनाले प्रपोज गर्नु हुन्छ तर अहिले मेरो प्रेम गर्ने बेला होइन । अहिले मेरो भविष्य बनाउने समय हो । अहिले काम गर्ने समय हो । म यस क्षेत्रमा सफल भएपछि राम्रो केटाको प्रस्ताव आयो भने सिधै बिहे गर्ने छु ।
मलाई अहिलेसम्म माया गर्नु हुने मेरो सम्पूर्ण दर्शक शुभचिन्तकहरुलाई नमन गर्न चाहन्छु । तपाईहरुकै माया ममताले हामी कलाकारको हौसला बढ्छ । मैले गरेको कामहरुमा यसरी नै आगामी दिनहरुमा पनि तपाईहरुको सल्लाह सुझाब दिनु होला यसरी नै माया गरिरहनु होला ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!