हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 402  पटक पढिएको

मिस कोशीको छैठौं संस्करणअनतर्गत पहिलो चरणको अडिसनबाट १७ किशोरी छानिएका छन् ।
विराटनगर र इटहरीमा भएको अनलाइन र प्रत्यक्ष अडिसनमा ३१ सहभागि भएकामध्ये १७ लाई फाइनलको लागि छनौट गरिएको हो ।

जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा हुन लागेको मिसकोशीको विराटनगरमा भएको पहिलो अडिसनमा विराटनगरबाट १५ सहभागि थिए । इटहरीबाट १६ जनाको सहभागिता थियो ।
दोस्रो र तेस्रो चरणको अडिसन बाँकी छ । दोस्रो अडिसन विराटनगरमा साउन १५ र १६ गते इटहरीमा हुनेछ । कोरोनाले आयोजकले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्दै अडिसन गर्दै आइएको छ । अडिसनमा भाग लिने किशोरीका लागि अनलाइनबाट पनि आवेदन लिने गरिएको छ ।

किशोरीमा भएको प्रतिभा उजागर गर्नुको साथै व्यातिmत्व विकास गराउने उद्देश्यले आयोजना गरिएको यो स्पर्धाको फाइनल भदौ आन्तिममा हुनेछ । फाइनलमा ३० देखि ३५ किशोरी छनौट गरिने छ । बिजेताले स्कुटी र विभिन्न गिफट ह्याम्परको साथै पोखरा टुर पाउने छन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!