विवाहित जीवनमा मायाको साथसाथै शारीरिक सम्बन्धको आवश्यकता सबै महिला तथा पुरुषलाई हुने गर्दछन् । पुरुषहरु यौनसँग जोडिएको कुनै पनि कुरा आराम तथा ढुक्कसँगले आफ्ना श्रीमती तथा साथी भाइसँग खुलस्त रुपमा साटासाट गर्ने गर्दछन् । तर महिलाहरु यौनको मामिलामा कुरा तथा विश्लेषण गर्न लजाउने तथा हिच्किचाएको महशुस गर्दछन् । यसै कारण महिलाहरु यौनको चरम सुख तथा आनन्दको बारेमा केही पनि बोल्दैनन् । तर यौन एक यस्तो आगो हो जुन बलेपछि सरल रुपमा शान्त हुँदैन् । कतिपय महिलाहरु विभिन्न कारणले परपुरुषसँग यौन सम्बन्ध बनाउने गर्दछन् । श्रीमानको मायाको कमी , श्रीमानको अनुपस्थिति, अनमेल तथा बहुविवाह आदि कारणहरुले उनीहरु परपुरुषसँग यौन सम्बन्ध राख्ने गरेको पाइएको छ । महिलाले परपुरुषसँग सम्बन्ध राख्ने कारणहर यस्ता छन् : १. यौनमा असन्तुष्टि कैयौँ पटक महिलाहरु आफ्नो श्रीमानसँगको यौन सम्बन्धमा सन्तुष्ट हुन सक्दैँनन् । आफू सन्तुष्ट भए नभएको कुरा पनि उनीहरु खुलेर भन्न सक्दैनन् । जसका कारण उनीहरु परपुरुषसँग यौन सम्बन्ध राख्न आकर्षित हुन्छन् । २. यौनको बारेमा अल्पज्ञान यौनको मामिलामा पुरुषहरुको मानसिकता अजीबको हुने गर्दछ । पुरुषहरु महिलाको साथमा यौन सम्बन्ध राखेको समयमा आफ्नो सन्तुष्टि तथा आनन्दको प्राप्ति मात्र चाहान्छन् । जसको आवेगमा उनीहरु यौन सम्बन्ध भन्दा पहिले फोरप्ले गर्न पाउदैनन् । महिलाहरुलाई फोरप्ले पछि पनि यौन सम्पर्क राख्न मन पराउछन् । तर पुरुषहरु आफ्नो आनन्दको चक्करमा महिला सन्तुष्ट भए वा भएनन् भन्ने जान्न कोसिस पनि गर्दैनन् । जसको कारण महिलाहरु खुसी हुदैनन् र अन्य पुरुषहरुसँग यौन सन्तुष्ट पाउन सम्बन्ध राख्ने गर्दछन् । ३.एक्लोपन कुनै पनि समयमा आफ्नो श्रीमान साथमा नहुदा महिलाहरुलाई एक्लोपनको महसुस हुने गर्दछ । कुनै पनि समय श्रीमान कामको सिलसिलामा तथा अन्य कारण देश भन्दा बाहिर कुनै ठाउँमा जादा एक्लोपनलाई टाढा गराउन उनीहरु परपुरुषसँग यौन सम्बन्ध राख्ने गर्दछन् । ४.आपसी झगडा तथा मनमुटाव झगडा तथा आपसी मनमुटाव हरेक श्रीमान् तथा श्रीमतीमा हुने गर्दछ । तर आवश्यकता भन्दा बढी झगडा तथा मनमुटाव राम्रो हुँदैन् । आपसी झगडा तथा मनमुटावले कतिपय महिला तथा पुरुषहरुको बोलीचाली समेत बन्द हुने गर्दछ त्यति मात्र नभएर उनीहरु बीचमा यौन सम्बन्ध समेत हुन पाउँदैन् । फलस्वरुप पुरुषले परस्त्री तथा महिलाले परपुरुषसँग सम्बन्ध राख्ने गर्दछन् । ५.विवाहमा अयोग्य पुरुष आजभोलि पनि कतिपय गाउँमा महिलाको विवाह सानै उमेरमा धेरै उमेरको पुरुषसँग गरिदिने चलन रहिआएको छ । कतिपय गाउँका आमाबुबाहरु आफ्नो छोरीको विवाह महिनावारी भन्दा गरिदिएमा स्वर्गको ढोका खुल्ने विश्वास गर्ने गर्दछन् । त्यतिमात्र नभएर छोरीको विवाह गरेपछि आफ्नो टाउकाको बोझ हटेको सम्झने गर्दछन् । तर यो विवाह छोरीको लागि कतिको घातक छ भन्ने कुरा उनीहरुलाई थाहा हुन्न । विवहा पश्चात महिलाहरु धेरै उमेरका पुरुषसँग बस्न सक्दैनन्् । उनीहरु बीचमा न यौन सन्तुष्टि प्राप्त हुन्छ न सोच नै मिल्छ । यस्तै महिलाहरु परपुरुषसँग सम्बन्ध बनाउन आकर्षित हुन्छन् । ६. उमेरको अन्तर कुनै पनि महिलाको विवाह समान उमेरको पुरुषसँग नगराउने एक ठूलो समस्या हो । महिलाको विवाह कम उमेर होस् वा धेरै उमेरको दुवै विवाहमा महिलालाई नै दुख हुने गर्दछ । अयोग्य विवहामा पुरुषलाई त यौन सन्तुष्टि हुन्छ तर महिलालाई यौन सन्तुष्टि प्राप्त हँुदैन् । महिलालाई यौन सन्तुष्टि नमिल्ने कारण उनीहरु परपुरुषसँग सम्बन्ध राख्न बाध्य हुन्छन् । ७. पैसाको लालच पैसाको लालचमा पनि महिलाहरु कुनै धनी पुरुषसँग सम्बन्ध बनाउन तयार हुन्छन् । तिनीहरुले भौतिक सुख त प्राप्त गर्दछन तर शारीरिक सुख प्राप्त गर्न पाउँदैनन् त्यसै कारण उनीहरु परपुरुषलाई रोज्ने गर्दछन् । त्यस्तै श्रीमानद्धारा महिलाहरुको इच्छा पूरा नहुनुमा कम आम्दानीको कारण पनि हो । यश ,आरामको जिन्दगी नदिए पछि महिलाहरु बाहिरको पुरुषसँग सम्बन्ध राख्न तयार हुन्छन् । ८. गर्भ निरोधकका साधनको विकास गर्भ निरोधकको साधनले पनि महिलाहरुलाई परपुरुष अर्थात नाजायज सम्बन्ध राख्न सजिलो भएको छ । यसको अर्थ यो हो की पहिला जब गर्भ निरोधकको साधन उपलब्ध थिएन त्यति बेला महिलाहरु गर्भ रहने डरले परपुरुषसँग सम्बन्ध राख्दैनन् थिए । यस्ता सम्बन्ध राखेर महिला गर्भवती भएमा समाजमा ति महिलालाई घृणाको दृष्टिले हेरिन्थ्यो । तर आजभोलि गर्भ निरोधकको साधनले सहज बनाएको छ । ९. पश्चिमी समाजको प्रभाव पश्चिमी समाजको युवा तथा युवती विवाह अगाडि नै यौन आनन्द लिन्छन् । तिनिहरु एकलाई छोडेर अर्कोसँग विवाह गरिसकेका हुन्छन् । तिनिहरुको सम्बन्ध केही दिनमा नै टुटेर जाने गर्दछ । तिनीहरुले नाजायज सम्बन्धलाई बढी प्राथमिकता दिने गर्दछन् । यस्तै सिको सिकेर भारत तथा नेपालमा पनि परपुरुषसँग सम्बन्ध राख्ने प्रचलन बढेको छ । फलस्वरुप पश्चिमी समाजको प्रभाव पूर्वीय समाजमा पनि बढ्दो छ । १०. पतिको परस्त्रीसँग सम्बन्ध कतिपय श्रीमानको अफेयर बाहिरी महिलासँग हुने गर्दछ । जसका कारण पुरुषहरुले आफ्नो श्रीमतीलाई मायाको दृष्टिकोणले हेर्दैनन् । श्रीमानको यही व्यवहारले महिलाहरु एक्लोपनको महसुस गर्ने गर्दछन् । त्यसैले महिला पनि त्यस समयमा कसैको माया तथा साथको अपेक्षा गर्ने गर्दछिन् । र उनले यौन सम्बन्ध पनि राख्दछिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!