पूर्व सचिव अर्जुन कार्की सोमबार विहानै पशुपतिनाथको दर्शन गरेर घर फर्कँदा श्रीमती मुना अधिकारी कार्की घाँटीमा डोरी बेरिएको र हात समेत बाँधिएको अवस्थामा भेटिएको उनकै पतिले बताएका छन् । सानेपास्थित घरमा घटनापछि भावविव्हल उनले पत्नी त्यस्तो अवस्थामा भेटिएको बताएका हुन् ।

प्रहरीले सीसीटीभी फुटेज हेरेर कार्की विहान ११ बजेर २० मिनेटमा फर्किएको पत्ता लागेको छ । उनी विहान आठ बजे घरबाट हिंडेका थिए । बारम्बार हर्न बजाउँदा पनि ढोका नखोलेपछि आफै गेट खोलेर पसेका थिए । घरमा मुनालाई बोलाउँदा नभेटिएपछि खोज्दै जाँदा कामदार विजय चौधरी डोरीमा भुण्डिएको अवस्थामा भेटेका थिए । त्यसपछि केही पर उनले मुनालाई हात बाँधिएको र घाँटीमा डोरी बेरिएको अवस्थामा देखेका थिए । उनको टाउकोमा गम्भीर चोट समेत थियो ।

घटना देखेपछि कार्कीले अत्तालिदै छिमेकी गुहारेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । अचेत अवस्थामा भेटिएकी पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको अस्पतालमै निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!