हिपमत डटकम

बिहिबार, साउन ०७, २०७८ || 1007  पटक पढिएको

त्रियुगा नगरपालिका-८ उत्राईटोल बस्ने ६५ वर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-१३ पोर्ताहा बस्ने ४५ वर्षीय मेमोरी भन्ने किसन सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादको क्रममा सदाले खुकुरी प्रहार गर्दा महिकरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोष्ट चुहाडेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!