गणेश कुमार ठाकुर

बुधबार, साउन ०६, २०७८ || 1171  पटक पढिएको

सिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ४ जिरोमाईल वरियारपट्टि सहायक सडक अन्तर्गत सन्तनगरमा यात्रुवाहक बस दुघटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक दर्जन बढी यात्रु घाइते भएका छन् ।

जिरोमाईलबाट वरियारपट्टि जाने क्रममा बा २ ख ७१ नम्वरको बस पल्टिदा वरियारपट्टि गाँउपालिका ३ का ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको हो ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ । मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

तिव्र गतिमा रहेका बस अनियन्त्रीत भई दुघटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी शुभाष बुढाथोकीले जानकारी दिए । चालक भने फरार रहेको जनाएको छ । उनको खोजीकार्य भईरहेको बताइएको छ । शव पोष्टमार्टमको लागि लहान लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!