पोखरा महानगरपालिका वडा नं. ९ पार्वति टोल स्थित भुपु ग्यारेज पछाडी सेति खोँचमा फसेका एक युवाको नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ ।

एक साता देखी खोँचमा कुकुर फसेको र सोही कुकुरको उद्धारका लागि पुगेका २३ वर्षीय आकाश गुरुङ चिप्लिएर खोँचमा फस्न पुगेका उद्धार टोलीको नेतृत्व गरिरहेका शसस्त्र प्रहरी गण गण्डकी प्रदेशका प्रहरी हवल्दार श्यामकान्त श्रीवास्तवले जानकारी दिनुभयो । पार्वति टोल स्थित भुपु ग्यारेजमा काम गर्ने गुरुङले सोमबार विहान ७ बजे कुकुरलाई उद्धार गर्ने भनि आफु खोँच तर्फ झर्दै गर्दा चिप्लिएको बताएका छन् ।

प्रहरी हवल्दार श्रीवास्तवका अनुसार उनि सेति खोलाबाट करिब ५० मिटर माथि खोँचमा अड्किएको अवस्थामा फेला परेका थिए । तत्काल प्राप्त सुचनाको आधारमा उनलाई सकुशल उद्धार गर्न सकिएको श्रीवास्तवले बताउनुभयो । श्रीवास्तव नेतृत्वको टोली उद्धारका लागि जादै गर्दा गुरुङ् निकै आत्तिएको अवस्थामा थिए ।

हाम्रा टिभि रिपोर्टरसंगको कुराकानीमा प्रहरी हवल्दार श्रीवास्तवले उद्धारका लागि अझैपनि प्रर्याप्त उद्धार सामाग्रीहरुको आवाश्यकता परिपुर्ति भईनसेकेको बताउनुभयो । आफुहरु कल्पना समेत गर्न नसकिने सेतिका कयौन अप्ठ्यारा खोँचहरुमा उद्धारका लागि जानु पर्ने भएकाले त्यसका लागि सुरक्षित उद्धार सामाग्रीहरुको आवाश्यकता रहेको श्रीवास्तवको भनाई छ ।

पोखरा र आसपासका खोँचहरुमा पटक पटक यस्ता प्रकार घट्नाहरु हुने गरेका छन् । विभिन्न कारण जिवनरक्षा चुनौतिपुर्ण बन्दै गैरहेको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!