खबर ठुलो छ

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट नयाँ ३० हजार ९३ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ७४ हजार भन्दा बढी पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ६ हजार १३० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ३७४ जनाको मृत्यु भएको पनि मन्त्रालयले मंगलबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १४ हजार ४८२ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ४५ हजार २५४ कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ५३ हजार ७१० व्यक्ति कोरोना मुक्त भएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ७३ लाख ४१ हजार १३३ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख ९२ हजार ३३६ जनाको स्वाब परीक्षण जुलाई १९ का दिन भएको छ ।

त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरस विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड १८ लाख ४६ हजार ४०१ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ

मंगलबार, साउन ०५, २०७८मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया