सोमबार, माघ २७, २०७६ || 923  पटक पढिएको

म ड्रग्स खान्थेँ । साथीले माग्यो, मैले पनि दिएँ । तर पछि उसलाई बानी लाग्यो भने के गर्ने होला भन्ने सोँचेँ । पछि त्यही कुरा मैले मेरो साथीलाई भनेँ । उसले मैले खाएँ, तँलाई के भो भनेर मलाई सबै मिलेर कुटे । घटनापछि म रुममा गएँ । म रुममा बस्थेँ । सबै रुममा सँगै बस्थ्यौं ।

डैडी विदेश हुनुहुन्छ । ममिले अर्को विवाह गर्नुभयो । म फुपुको घरमा बस्थेँ । बिचमा म भारत गएको थिएँ । उताबाट फर्केँ । भारतबाट यता आएर स्कुल जाँदा दिदीले कराउँदा नराम्रो लाग्ने र रिस उठ्ने हुन्थ्यो । त्यती बेलादेखि नै मैले चुरोट खान थालेँ । पछि ड्रग्स खान थालेँ । ड्रग्सको लत चाहिँ छैन । फुपुसँग सानो कुरामा झगडा परेपछि म हिडेर रुममा बस्न थालेँ ।

माइधार हो हाम्रो घर त्यहाँबाट सबै सामान ल्याएर रुममा बस्न थालेँ । साथी कोही नभएपछि साथी साथी बसेको थिएँ । मेरो लागि सबै साथीहरु हुन् । मेरा साथीहरुमध्ये एक जना मात्र मभन्दा जेठी हो, अरु सबै कान्छी हो । म मात्र खाने थिएँ । अरु चुरोट खान्थे । मलाई कुट्दा भिडियो खिँचिरहेको थियो, तर अरुलाई देखाउँछन् जस्तो लागेको थिएन । पछि मेरो ब्वाइफ्रेण्डको भाईलाई देखाएछ । ब्वाइफ्रेण्डलाई पनि नराम्रो लागेछ ।

(शनिबारबाट एक जना बालिकाले कुटाइ खाइरहेको भिडियो फेसबुकमा भाइरल भएको छ । चार पाँच जना बालिकाहरुले मिलेर एक जनालाई कपाल तान्दै लछारपछार पार्दै कुटेको भिडियो भाइरल भइरहँदा झापामा कुटाइ खाने रेबिकाले सामाजिक सञ्जालमा दिएको अन्तर्वार्ताबाट साभार । अहिले सबैलाई प्रहरीको जिम्मा लगाइएको छ ।)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!