हिपमत डटकम

आइतबार, साउन ०३, २०७८ || 557  पटक पढिएको

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले संघीय सांसद (प्रतितिनिध सभा सदस्य) पदबाट राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिन लागेकै दिन उहाँले पदबाट राजीनामा दिनुभएको हो ।

उहाँले राजीनामा दिनै भन्नुभयो, ‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छुु, म राजीनामा दिन्छु।’

रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठिन कार्यदलमा माधव कुमार नेपाल पक्षबाट संयोजक रहनुभएको थियो ।

अहिले अवस्था ठीक नभएको भन्दै अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित हुनुभएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने भन्दै राजीनामा दिनुभएको हो ।

माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।

एमालेले भने विश्वासको मत नदिने निर्णय गरेको छ। तर, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरूले भने विश्वासको मत दिने बताइसकेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!