नेपाल भ्रमणमा रहेका क्यानडाका उपल्लो सदन(सिनेट)का सभामुख जर्ज जे फ्युरीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई भेटन् इन्कार गरेका छन् । दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेको जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले सोमबार नै राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गर्नुको साथै राष्ट्रियसभा बैठकको अवलोकन गरेको थियो ।

सभामुख फ्युरी नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट्ने कार्यतालिका छ । तर उनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेट्ने तालिका नभएपछि यसबारे सर्वत्र चासो उत्पन्न भएको छ ।

सभामुख सापकोटासँग भेट गर्ने कार्यक्रम नराखिएको बारेमा विभिन्न टिकाटिप्पणी भइरहदा राष्ट्रियसभा सचिवालयले भने अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको निमन्त्रणमा आएकाले सभामुखसँगको भेट नहुने स्पष्ट पारेको छ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भ्रमण कार्यक्रम तय हुँदाको बखत सभामुख पद रिक्त रहेको र अध्यक्षको औपचारिक निमन्त्रणामा आएको हुनाले सभामुख जे फ्युरीले प्रतिनिधिसभाका सभामुख जे फ्युरीले प्रतिनिधिसभाका सभामुख सापकोटासँग नभेट्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!