हिपमत डटकम

आइतबार, साउन ०३, २०७८ || 551  पटक पढिएको

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल एवं नेकपा (एमाले) एकता कार्यदलका सदस्य पार्टी एकताका लागि ३ महिनादेखिको मेहनत खेर गएको बताएका छन् ।

एकताका लागि भएको १० बुँदे सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएपछि पोखरेलले यस्तो बताएका हुन्।

आइतबार वरिष्ठ नेता नेपालसँग भेट गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पोखरेलले लेखेका छन्, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो।’

पार्टी एकता जोगाउन लागिपरेका नेताहरुले शनिबार पार्टी अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए। ओलीले १० बुँदे सहमति कार्यान्वयनका लागि आफू तयार भएको भन्दै माधव नेपाललाई भेट्न अनुरोध गरेका थिए। सोही अनुसार कार्यदल सदस्यले आइतबार माधव नेपालसँग भेट गरेका हुन्।

एमाले एकता कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो। उक्त सहमतिप्रति वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!