सोमबार, माघ २७, २०७६ || 850  पटक पढिएको

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम धार्मिक सहिष्णुताको अदभूत केन्द्रको रुपमा रहेको छ । एकातर्फ हिन्दु धर्मावलम्बीको विश्व प्रसिद्ध जानकी मन्दिरमा प्रार्थना भइरहदाँ अर्को तर्फ मन्दिरको पछाडि पट्टी रहेको मस्जिदमा नमाज भइरहेको हुन्छ ।
विश्वभर धार्मिक असहिष्णुता बढी रहेको समयमा जनकपुरधाम विश्व समुदायका लागि उत्कृष्ट उदाहरणीयको रुपमा रहँदै आएको छ । यद्यपी जानकी मन्दिरको पछाडी रहेको सो मस्जिद तथा स्थानीय मुस्लिम समुदायबाट संचालित मदर्साको अवस्था अति नै जर्जर रहेको छ ।

अल जामेअतुल हनफियतुल गौसिया मदर्सा वर्षौदेखि संचालनमा रहेपनि स्थानीय सरकारले भने यसप्रति खासै चासो देखाएको छैन ।विस २०१२ मा स्थापना भएको अल जामेअतुल हनफियतुल गौसिया मदर्सा वि.सं. २०६५ मा नेपाल सरकारबाट मान्यता पाएको थियो ।सरकारी स्तरबाट मान्यता प्राप्त गरेको १२ वर्षपछि पनि यस मदर्सामा अध्ययरत्त विद्यार्थीका लागि अहिलेसम्म पनि कुनै किसिमको सुविधा प्रदान गरिएको छ । सामाजिक सहयोगबाट चलिरहेको यस मदर्सामा १ सय २१ जना विद्यार्थीहरु अध्ययनरत्त छन् ।

उर्दु शिक्षाका लागि स्थापना भएको यस मदर्सामा यस आर्थिक वर्ष शैक्षिक सत्रको तुलनामा यस मदर्सामा विद्यार्थीको संख्यामा वृद्धि भएको मदर्सा व्यवस्थापनको दावी छ ।शैक्षिक सत्र २०७५÷०७६ मा २५ विद्यार्थी मात्रै रहेकोमा चालु शैक्षिक सत्रमा भने थप ८५ विद्यार्थीहरु अध्ययनका लागि पुगेका छन् । यस मदर्सामा छात्र छात्राहरु उर्दु शिक्षाका लागि अध्ययन गर्नका लागि आउछन् भने अन्य विषयको अध्ययनका लागि सामुदायिक विद्यालयमा अध्ययन गर्न जान्छन् ।

मदर्सामा व्यस्थापन समितिको पहलकै कारण विद्यार्थीहरुमा उर्दु शिक्षाप्रति आकर्षण बढेको समितिका अध्यक्ष जलालुद्दिन खानको दावी छ । २०६५ सालमा सरकारी स्तरमा मान्यता प्राप्त गरेको अल जामेअतुल हनफियतुल गौसिया मदर्सामा अहिलेसम्म पनि शिक्षकहरुलाई नियुक्ति गरिएको छैन ।

विद्यार्थीहरुलाई पढाउँदै आएका शेख नइमले कक्षा २ सम्म सरकारबाट मान्यता प्राप्त मदर्सा रहेपनि दरबन्दीमा भने एक जना पनि शिक्षक छैन । नइम मदर्साका सदर मुदरिस (प्रधानाध्यापक) छन् । तर नियूक्ति भने स्थानीय मुस्लिम समुदायले नै गरेका छन् । स्थानीय सरकारले बेवास्ता गर्दा मदर्सा रहेपनि शिक्षकहरु भने छैनन् ।

शिक्षा समन्वय ईकाई धनुषाका प्रमुख बर्खु प्रसाद रजकले माध्यमिक विद्यालयसम्मको शिक्षा स्थानीय तहमा गइसकेकोले स्थानीय तहबाट नै दरबन्दी गर्नु पर्ने बताए । उनले– ‘स्थानीय तहमा दरबन्दी मिलान भईरहेको र दरबन्दी नियमावली बनिसकेकोले अब शिक्षक माग गर्दा पदपुर्ती हुनसक्ने छ ।’

यता प्रधानाध्यापक नईमले भने– स्थानीय तहमा निवेदन लिएर जान्छौँ हेर्नुस् के हुन्छ भन्दै फर्काउने गरेको प्रतिक्रिया दिने गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खानले समेत मदर्सामा शिक्षक दरबन्दीका साथै विद्यार्थीहरुको दिवा खाजा, पोशाक, छात्रवृति लगायतका अन्य सुविधाका लागि पहल भइरहेको जनाए ।

मदर्सामा जम्मा ७ जना शिक्षकलाई स्थानीय सामाजिक स्तरबाट नियुक्ति गरिएको छ । उनीहरुको तलब मुस्लिम समुदायबाट उठ्ने जकात (चन्दा)बाट व्यवस्थापन हुने गरेको छ । विराटनगरबाट आएका प्रधानाध्यापक नईमको मासिक १० हजार रुपैयाँ पारिश्रमिक रहेको छ । उनले उर्दु भाषाको उत्थानका लागि आफुले न्यून पारिश्रमिक लिएर भएपनि अध्यापनको कार्य गर्दै आएको बताए ।

अल जामेअतुल हनफियतुल गौसिया मदर्सामा धनुषाको मात्र नभई महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा, रौतहट, भारतको विभिन्न स्थानबाट समेत उर्दु शिक्षा ग्रहण गर्नका लागि पुग्ने गर्छन् ।

यस मदर्सामा संघिय सरकारबाट कक्षा २ सम्म मात्रै मान्यता प्राप्त छ । सामाजिक स्तरमा चन्दा उठाएर मदर्सामा फजिलत (एमए) सम्मको अध्ययन –अध्यापनको व्यवस्था छ ।

तर अहिले विद्यार्थी अभावमा मौलवी अर्थात कक्षा १० सम्म मात्रै पढाई हुने गरेको छ । केही दिन अघि दस्तारबन्दी (दिक्षान्त) समारोह गरेर दुई विद्यार्थीलाई मौलवीको उपाधी प्रदान गरिएको थियो । यहाँ सरकारी स्तरबाट उचित प्रबन्ध नरहेकोले यी दुई विद्यार्थीहरु बाहिर उच्च शिक्षा हाशिल गर्नका लागि गएको व्यवस्थापन समितिले जानकारी दिए ।

उर्दु शिक्षाबाट आय आर्जनको माध्यमसंग नजोडिएकाले अहिले पनि विद्यार्थीहरुलाई अन्य विद्यालयमा पढ्नु पर्ने बाध्यता रहेको व्यवस्थापन समितिका अध्यक्ष खानले बताए ।

उर्दु शिक्षालाई पनि आय आर्जनको माध्यमसंग जोड्न सकियो भने यहाँ विद्यार्थीहरुमा उर्दु शिक्षाप्रति आकर्षण बढ्ने बताए ।

प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयले तयार पारेको प्रदेशको शैक्षिक प्रोफाइलमा यस प्रदेशमा ४ सय ६ वटा मदर्साहरू सञ्चालनमा छन् ।

कक्षा १ देखि ५ सम्म संचालनमा रहेका मदर्साको संख्या सर्लाहीमा ८६, महोत्तरीमा ७२, धनुषामा ७२, सिरहामा ६३, बारामा ३३, पर्सामा ३३, सप्तरीमा २७ र रौतहटमा २० वटा गरी जम्मा ४ सय ७ वटा मदर्साहरू संचालनमा छन् । सिरहामा भने कक्षा १ देखि ८ सम्म मदर्सा सञ्चालनमा छ ।

मदर्सा शिक्षा बोर्ड विधेयक विवादले स्थगित

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार गठन भएको केहि महिनामै उनले मुस्लिमहरुको शिक्षावस्था अति नै दयनिय रहेकाले प्रदेश सरकारले मदर्सा शिक्षा विधेयक प्रदेससभामा टेबुलका लागि दर्ता गराए ।

तर यसको विरोध प्रदेश सरकारभित्र र बाहिरबाट चर्कोरुपमा हुन थालेपछि मदर्सा शिक्षा बोर्ड विधेयकको कार्य अगाडी नबढ्दै स्थगित छ ।

मदर्सा शिक्षा बोर्ड विधेयक पारित भएमा हरेक मदर्सामा शिक्षा बोर्ड गठन गरि सरकारले मदर्सा शिक्षालाई वैधानिकता दिँदै यसको काम कर्तव्य अघि बढ्ने थियो ।

यस शिक्षाको लागि आर्थिक स्रोत सरकार स्वयम्ले बाहिरबाट पनि सहयोग लिई व्यवस्थित रुपमा अघि बढाउने उद्देश्य प्रदेश सरकारको रहेको छ ।

कक्षा २ सम्म अध्ययनरत्त २१ छात्रालाई साईकल वितरण

यस विद्यालयमा समेत मुख्यमन्त्री लालबाबु राउतले साईकल वितरण गरेका छन् । ‘बेटी पढाउ बेटी बचाउन’ अभियान अन्तर्गत प्रदेश सरकारले वितरण गर्दै आएको साईकल वितरणको उद्देश्य दुरदराजबाट आउने छोरीलाई अध्ययनका लागि सहज, सुलभ र समय बचत रहेको छ ।

तर स्थानीयस्तरमा रहेको यस मदर्सामा भने छेउछाउकै विद्यार्थीहरु कक्षा २ सम्म अध्ययन गर्ने आउने गरेका छन् । कक्षा २ मा अध्ययन गर्दै आएक २१ जना छात्रालाई मुख्यमन्त्री राउतले साईकल वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!