हिपमत डटकम

आइतबार, साउन ०३, २०७८ || 1029  पटक पढिएको

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।

तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बैठक बस्न लागेको हो।

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलोपटक आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। उक्त बैठकअगाडि एमालेले स्थायी कमिटी बैठक राखेको छ।

शुक्रबार एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक राखेको थियो। यी दुबै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित भएका थिएनन्। भंग गरिएको कार्यदलका सदस्यहरू भने बैठक रोक्न माग गर्दै पुगेका थिए।

एमालेले सोमबार बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ। आजको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा छलफल हुने एजेन्डा तय गर्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!