हिपमत डटकम

शनिबार, साउन ०२, २०७८ || 450  पटक पढिएको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका पाँच सांसदले अध्यक्ष महन्थ ठाकुरको साथ छाडेर अर्का अध्यक्ष उपेन्द्र यादवको समूहमा भित्रिएका छन् ।

यसअघि ठाकुर पक्षमा लागेका जसपाका प्रमोद साह,अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाजले ठाकुरको साथ छाडेका हुन् । उनीहरु शनिवार उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा उनीहरु जसपाको ठाकुर पक्षमा लागेका थिए । तर, फागुन २८ गते सर्वाेच्च अदालतले संसद् पुनःस्थापना गरिदिएपछि उनीहरु यादव पक्षमा भित्रिएका छन् ।

जसपाको ३२ जना सांसदमध्ये यसअघि ठाकुर पक्षमा २० सांसदले ठाकुरलाई साथ दिएका थिए भने १२ जनाले यादवलाई साथ दिएका थिए । तर, पाँच जनाले उपेन्द्र यादव समूहलाई साथ दिएपछि संसदीय दलमा यादव पक्ष १२ बाट १७ मा पुगेसँगै बहुमत प्राप्त गरेको छ ।

यादव पक्षमा भित्रिएका उनीहरुले ठाकुर समूह लोकतन्त्र विपक्षमा उभिएकाले आफूहरु उक्त समूहमा बस्न नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!