सोमबार, माघ २७, २०७६ || 753  पटक पढिएको

गत ३ बर्ष देखि लगातार गर्दै आएको रगडेल होली मेला यस पटक पनि आयोजना हुने भएको छ । नेपाली कला संगै संस्कृति लाई पनि उत्थान र प्रोत्शाहन हुने अभिप्रायले आयोजना गरिएको यस मेलामा यो पटक कुशल डान्सर एबम कलाकार एलिशा शर्मा र युवापुस्ताका चर्चित गायक सुशान्त केसीले स्टेज तताउने भएको छ ।

बिगतका बर्षहरुमा करिब २०००० भन्दा बढी दर्शकको साथ पाएको यस मेलाले यो पटक भने सो रेकर्ड ब्रेक गर्ने बिस्वास लिएको छ आयोजक टिमले । रगडेल ब्वायज र कमेरो इभेन्ट्सले अस्ट्रेलियाको सिड्नीमा मार्च ७ का दिन भब्य कार्यक्रम गर्ने बताए सो कार्यक्रमका म्यानेजर बिक्रम गुरुङ्गले ।

गुरुङ्गका अनुशार यो पटक एलिसा र सुशान्त संगै गायक बिक्की गुरुङ र कार्यक्रम प्रस्तोताको रूपमा ओशिन सिटौला जाने भएका त्यस्तै अन्य चर्चित कलाकारहरुको पनि उपस्थिति रहने छ। ” हामीले मार्च ७ का दिन फेरी सिड्नीमा नयाँ इतिहास रच्नेछौ ” उनले भने । कार्यक्रमका लागी अन्य कलाकारहरु पुन तय गरि जानकारी दिने प्रोग्राम म्यानेजर बिक्रम गुरुङ्गले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!