हिपमत डटकम

बिहिबार, आषाढ ३१, २०७८ || 383  पटक पढिएको

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका विकास निर्माण कार्यलाई बढावा दिएकाले नमुनाको रुपमा अग्रसर भएको छ । स्थानीय तहमा निर्वाचित भएदेखि हालसम्म सखुवानन्कारकट्टी १ देखि – ५ वडासम्म गरेको विकास निर्माण कार्यको असार २९ गते गाउँपालिकाले पत्रकार तथा सरोकारवाला निकायको सक्रियतामा स्थलगत अनुगमन गराएको छ ।

बिकास निर्माणको कार्यमा गाउँपालिकामा भ्रष्टाचार भएको आवाज उठिरहेकोले पारदर्शीताका लागि सरोकारवालाहरुलाई राखी नापजाँच सहितको स्थलगत अनुगमन गराएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताए ।

ईलाका प्रशासन कार्यालय लहान प्रमुख कृष्णबहादुर खडका, स्थानीय जनप्रतिनिधि, प्रहरी, जिल्ला समन्वय समिति सिरहाका प्रमुख रामचन्द्र ठाकुर, उप– प्रमुख सरोज यादव, नेपाल पत्रकार महासंघ सिरहाका कार्यसमितिका पदाधिकारीलगायत दर्जनौ स्थानीय तथा राष्ट्रिय मिडियाका प्रतिनिधिको संयुक्त रोहवरमा स्थलगत रुपमा अनुगमन गराएको छ ।

आरसिसि ढलान, मन्दिर निर्माण , सामुदायिक भवन , कृषि बिद्युतिकरणलगायत भौतिक पुर्वाधार र लक्षितवर्गको क्षेत्रमा गाउँपालिकाले उदाहरणिय कामहरु गरेको संयुक्त अनुगमन टोलिले निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!