प्रदेश नं. – २ सरकारको “बेटी बचाउ , बेटी पढाउ” कार्यक्रम अन्तर्गत सप्तरीको बलानबिहुल गाउँपालिकामा आईतबार छोरी शिक्षा बिमा तथा मुद्धती बचत खाता शिबिर सम्पन्न भएको छ ।
भगवती राष्ट्रिय प्रा.बि. चन्हीमा भएको शिविरमा गाउँपालिकाका करिब ४ सय छोरीहरुको शिक्षा बिमा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामसुन्द्र थापाले जानकारी दिनुभएको छ । गाउँपालिका अध्यक्ष दयानन्द गोईतको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष रुबि गुप्ताको प्रमुख आतिथ्यमा भएको शिविरमा प्रभु बैङ्कबाट मुकेश कुमार सल्हैता यादव सहित आएका ७ जनाको टोलीबाट प्रति छोरीको ३ लाखको शिक्षा बिमा गरिएको थियो ।
प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयल जनकपुरधामको सहयोगमा आयोजित कार्यक्रममा वडा नं. १ देखी ६ सम्मका सम्पुर्ण वडाअध्यक्षको सहभागिता रहेको थियो । “बेटी बचाउ , बेटी पढाउ” कार्यक्रमका समाजिक सुरक्षा जिल्ला संयोजक सप्तरीका पुनम चौधरीको बिशिठ आतिथ्यमा भएको कार्यक्रमको उदघाटन समाहरोहमा गाउँपालिकाका आईटी अफीसर सुरेन्द्र कुमार यादब , योजना अधिकृत रमेश कुमार मरिक लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको उदघोष मो. नसमि राईनले गरेका थिए भने कार्यक्रमको बिशेष संयोजन राम नारायण यादबले गरेको आयोजकले जनाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!