सुनसरी। हरिनगर गाउँपालिकाको बसन्तपुरमा तोकिएको समयमा बाटो नबने पछि ओहोरदोहोर गर्ने स्थानीयवासी र अन्य सर्वसाधारण आजभोलि हिलोका कारण समस्यामा परेका छन् ।

घरबाट बाटो हिँडेका स्थानीयवासी र अन्य सर्वसाधारण चोकमा आइपुग्दा हिलोले नुहाएका हुन्छन । यहाँका स्थानिय जनप्रतिनिधि देखि प्रदेश र केन्द्र सम्मका नेताहरु कमाउ धन्दामा व्यस्त भएकोले बाटो बनाउनमा अहिलेसम्म स्थानीय सरकारले पहल नगरेको सो क्षेत्रका स्थानीयवासीहरुको भनाइ रहेको छ।

बसन्तपुरमा उक्त बाटोको निर्माण कार्य २०७४ चैत्र १२ गते सम्झौता भएर सम्पन्न अन्तिम म्याद २०७७ बैशाख ११ गते सम्म मात्र रहेको छ तर अवस्था हेर्दा २० प्रतिशत काम नभएको देखिन्छ , म्याद सकेको १ वर्ष भन्दा माथी भएको छ तर बाटो निर्माण अझै पनि भएको छैन ।

अहिले विश्वमा फैलिएको कोरोना भाइरसको महामारीमा को, कहाँ , कसरी बिरामी पर्छ थाहा छैन । जनतालाई बिरामीबाट बचाउन हरिनगर गाउँपालिका स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ तर बाटोको अवस्था हेर्नुस् । एम्बुलेन्स ओहोरदोहोर गर्न सकिन्छ यस्तोमा, मान्छेलाई स्वास्थ्य राख्न राम्रो बाटोको आवश्यकता पर्दछ जबकि एम्बुलेन्समा मान्छेलाई छिटो छरितो अस्पताल सम्म पुर्याउन सहज हुन्छ तर यस्तो अवस्थाले छिटो अस्पताल पुगिन्छ कि माथि पुगिन्छ होला भन्ने स्थानीय नसिम अन्सारीको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!