विराटनगर–१३ कोशी प्रोजेक्टको पूर्वीगेट सेवा मार्ग स्थित हनुमान मन्दिरको नयाँ भवन निमार्ण कार्य ६० प्रतिशत सम्पन्न भएको छ । ५५ लाख भन्दा बढीको लागतमा निमार्ण भई रहेको सो मन्दिर पुरानो मन्दिर छेउकै जग्गामा निर्माण भई रहेको हो ।

पाँच दशक अगाडी सोही ठाउँमा स्थानीय बुधनारायण झाले ढुँगाको मुर्ती स्थापना गरि पुजा पाठ प्रारम्भ गर्नु भएको थियो । वि.सं. २०२५÷०२६ सालमा सानो टहरामा स्थापना गरिएको सो मन्दिर ५३–५४ वर्ष पछाडि भव्य मन्दिरमा परिवर्तित भईरहेको स्थानीयहरु बताउँछन् ।

मन्दिर निमार्ण कार्य तिब्रगतिमा भई रहेकोले स्थानीयहरु उत्साहित भएका छन् । २०७८ सालको रामनवमीमा नवनिमर्ति हनुमान मन्दिरमा हनुमानजीको पूर्ण कदको मूर्ती स्थापना गरी भव्य पुजा आराधना गर्ने स्थानीयहरुको योजना रहेको मन्दिर संचालक समितिका अध्यक्ष अमरकुमार झाले बताए ।

अध्यक्ष झाका अनुसार बुधनारायण झाले ढुँगाको मुर्ती स्थापना गरि पुजा पाठ प्रारम्भ गरे पश्चात स्थानीय भक्तजन तथा टोलबासीहरु मन्दिर संचलन प्रकृयालाई अगाडी बढाए । टोलबासीहरु संगठित भई सामाजिक रुपमै संचालक समितिको प्रारुप कायम गरि मन्दिर निमार्ण देखि लिएर संरक्षण संबद्र्धन, विधिवत पुजा अर्चना तथा मन्दिर संचालन प्रकृयालाई व्यवस्थित बनाए ।

दशकौं देखि मन्दिरलाई व्यवस्थित रुपमा संचालन गर्दै आउनु भएका विशिष्ठ व्यक्तित्व गंगा श्रेष्ठ, सुशीला थापा, लक्ष्मीनारायण झा, देबेन्द्र पौद्दार, रंजित कुमार गुप्ता, सावित्रि प्रधान, अकलेशलाल कर्ण, सतेन्द्र साह रतिकान्त झा, शम्भु आचार्य, रिता पासवान, सुन्दर श्रेष्ठ, ज्ञान बहादुर श्रेष्ठ र राजेन्द्र थापा लगायतका व्यक्तिहरुको योगदान अतुल्नीय रहेको स्मरण गर्दै अध्यक्ष झाले अगाडी थपे अहिले पुजा भई रहेको मन्दिर धेरै पुराना भएको, ठाउँ पनि एकदमै सांघुरो र समय अनुसार मर्मत संभार नहुँदा जिर्ण भई सकेकोेले नयाँ मन्दिर निमार्ण कार्य अगाडी बढाइएको हो ।

अहिले संसद विकास कोषबाट माननीय शिवकुमार मण्डलद्वारा १० लाख र विराटनगर महानगरपालिकाबाट १० लाख गरी जम्मा २० लाखको निर्माण कार्य भई रहेकोछ भने यो भन्दा अगाडी करिब १८ लाख बराबरको निर्माण कार्य सम्पन्न भएको थियो । यस पुनित कार्यमा स्थानीय समाज सेवी तथा भक्तजनहरुले समेत सहयोग गर्नु भएको अध्यक्ष अमर कुमार झाले सुनाए ।

अध्यक्ष झाका अनुसार नयाँ भव्य मन्दिर निमार्णको लागि अनुदान तथा संस्थागत सहयोग लिन कानूनी रुपमा दर्ता हुनुपर्ने भएकोले त्यतिबेलाका संचलक समिति लगायत स्थानीय टोलबासीहरुको उपस्थितीमा १५ सदस्य कार्यकारिणी समिति गठन गरी २०७६ सालमा जिल्ला प्रशासन कार्यालय मोरङमा श्री हनुमान मन्दिर सेवा समिति दर्ता भएको हो ।

वर्तमान कार्य समितिमा अध्यक्ष अमर कुमार झा, उपाध्यक्ष पारस थापा, उपाध्यक्ष देबेन्द्र पौद्दार, सचिव गजेन्द्र बहादुर श्रीनेत क्षेत्री, सह–सचिव आरती झा, कोषाध्यक्ष दिपेन्द्र कुमार झा, सदस्यहरु क्रमशः अमृता कुमारी भगत, सुनिल कुमार झा, जंगबहादुर थापा र रतिकान्त झा रहेका छन् । त्यस्तै मनोनित सदस्य डा. गुणनाथ गौतम र पदमा श्रेष्ठ रहेका छन् भने सल्लाहकारहरुमा प्रा.डा. नन्दलाल साह, ई. द्वारिकानाथ कार्की, गंगा श्रेष्ठ, रंजित गुप्ता, प्रिति झा मनोनित भएका हुन् ।

मन्दिर निमार्णमा १० हजार भन्दमा बढी सहयोग गर्ने दाताहरुको नाम शीलालेखमा राखिने छ भने ५० हजार भन्दा बढी सहयोग गर्ने दाताहरुलाई प्रमाण पत्र समेत दिइने छ । त्यस्तै १ लाख भन्दा बढी सहयोग गर्ने दाताहरुलाई प्रमाण पत्र सहित सम्मान समेत गर्ने मन्दिर सेवा समितिले जनाएको छ । मन्दिर निर्माण कार्यमा विशेष सहयोग गर्नु भएका नमूना कन्सट्रक्सनका डाइरेक्टर रमेश कुमार बस्नेत तथा सोका ईन्जीनियर अरुण कुमार झाको योगदान सराहनीय रहेको अध्यक्ष झाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!