सोमबार, माघ २७, २०७६ || 891  पटक पढिएको

दक्षिण कोरियामा फेमिली फेडरेशन फर वर्ल्ड पिस एण्ड युनिफिकेसनले आयोजना गरेको सामूहिक विवाहमा हज्जारौं जोडी प्रणय सूत्रमा बाँधिए । दक्षिण कोरियाको राजधानी सोउलस्थित ग्याप्योन्गिनमा रहेको चियोङ्गसिम पिस वर्ल्ड सेन्टरमा उक्त सामूहिक विवाहको आयोजना भएको हो । यद्यपि, चीनको बुहानबाट सुरु भएको कोरोनाभाइरसको संक्रमणको डर भने दक्षिण कोरियामा पनि व्याप्त छ । दक्षिण कोरियामा कोरोनाभाइरसका २४ जना संक्रमित भेटिएका छन् । उक्त समारोहमा कतिले मास्क लगाएका थिए तर कतिले मास्क लगाउन अनिवार्य ठानेनन् । समारोहमा ६० देशका ६ हजार व्यक्ति विवाह बन्धनमा बाँधिएका हुन् । युनिफिकेशन चर्चमा यस्तो सामूहिक विवाहको आयोजना सन् १९६० देखि हुँदै आएको छ ।
विवाहमा
सरिक भएकाहरुको कोरोनाभाइरसको लक्षण परीक्षण गरिएको थियो । यद्यपि, दक्षिण कोरियाका अन्य ठूला कार्यक्रम भने रद्द भएका छन् । यद्यपि, उक्त चर्चले चिनियाँ जोडीलाई भने प्रतिबन्ध लगाएको थियो । युनिफिकेशन चर्चले ३० हजार जनालाई मास्क त वितरण गरेको थियो तर सबैले त्यो लगाएनन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!