अष्ट्रेलियाको सिड्नीमा ३० वर्ष यताकै भारी वर्षा भएको छ जसका कारण बाढीको स्थिती पैदा भएको छ । राष्ट्रिय मौसम विभागले पछिल्लो चार दिनमा ३९१.६ मिलीमिटर वर्षा भएको र यसले विनासकारी बाढीको स्थिती पैदा हुनसक्ने चेतावनी दिएको छ । करिब एक लाख घरमा बिजुती आपूर्ती बन्द भएको छ ।